नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बृहत् खजुरा सम्मेलनको मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन
बृहत् खजुरा सम्मेलनको मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ६, २०७६ बागेश्वरी पोस्ट
बृहत् खजुरा सम्मेलनको मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन

खजुरा ( बाँके )।   बाँकेको खजुरा गाउँपालिकामा आजदेखि बृहत् खजुरा सम्मेलन शुरु भएको छ । ‘समृद्ध खजुरा, हाम्रो चाहना’ भन्ने नाराका साथ भोलिसम्म चल्ने सम्मेलनको आज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभयो ।

खजुरास्थित ज्ञानोदय माविमा शुरु भएको सम्मेलनमा मुख्यमन्त्रीले  जनताका इच्छा आकांक्षा बुझेर त्यसै अनुसार विकासको मोडेल तयार गर्दा विकासले सार्थकता पाउने भएकाले खजुरा सम्मेलन औचित्यपूर्ण भएको बताउनुभएको छ । उहाँले खुजरा क्षेत्रको आफ्नै खास विशेषतालाई पहिचान गरेर त्यस अनुरुपका योजना बनाउन सके खजुराको चिनारी पृथक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै ठाउँ उस्तै उस्तै भयो भने त्यो ठाउँको महत्व कम हुन्छ, हरेक ठाउँ केही न केही हिसाबले फरक देखिनुपर्छ, त्यसैले सम्मेलनबाट तपाईंहरुले खजुराको अरु आठ वटा स्थानीय तह भन्दा फरक विशेषता के हो भन्ने कुरालाई पहिचान गर्नुस् ताकि मानिसलाई समग्र बाँके बुझ्नलाई भोलि खजुरा गाउँपालिका आउनुपर्ने बाध्यता होस् ।’ उहाँले पालिकास्तरमा आफूलाई जानकारी भएसम्म यस खाले कार्यक्रम अन्यत्र नभएको भन्दै दिर्घकालीन विकासका लागि खजुरा सम्मेलन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । मुलुक संघियतामा गएपछि विकासले गति लिएको बताउँदै उहाँले संघियताले खर्च मात्रै बढाएको टिप्पणी हुनु मनोगत विश्लेषण मात्रै भएको जिकिर गर्नुभयो ।

तीन बर्षअघि र अहिलेको अवस्थालाई हेर्दा मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको प्रष्ट हुने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक रहेको भन्दै मुख्यमन्त्री पोखरेलले पूँजीगत खर्चका हिसाबले प्रदेश सरकार संघीय र स्थानीय सरकार भन्दा अघि रहेको बताउनुभयो । सम्मेलन उद्घाटन कार्यक्रममा संघीय सांसद् नन्दलाल रोकाय, प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद् बाबुराम गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम व्यवस्थापन समितिका संयोजक शिक्षा विज्ञ भक्त बहादुर केसीको सभापत्विमा भएको उद्घाटन कार्यक्रममा सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्दै खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले सम्मेलनले गाउँपालिकाको पन्ध्र बर्षे योजना तयार पार्ने बताउनुभयो । उहाँले विषय विज्ञहरुले तयार पारेका १० वटा कार्यपत्र माथि टिप्पणी गर्दै बृहत् छलफलसहित कार्यपत्र पारित गरिने जानकारी दिनुभयो।

सम्मेलनमा खजुरा क्षेत्रका तथा खजुरामा स्थायी बसोबास रही कामको शिलशिलामा बाहिर रहेका २५० जना बढीको सहभागिता छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP