prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • धम्बोझीका आधा दर्जन मासु पसलमा अनुगमन
धम्बोझीका आधा दर्जन मासु पसलमा अनुगमन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १८, २०८० बागेश्वरी पोस्ट
धम्बोझीका आधा दर्जन मासु पसलमा अनुगमन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मासु पसलहरुको अनुगमनलाई निरन्तरता दिएको छ । आइतबार पनि मासु पसलहरुको अनुगमन गरिएको छ । वडा नम्बर १ का आधा दर्जन मासु पसलमा अनुगमन गरिएको हो । त्यस अघि शुक्रबार वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुमगन गरिएको थियो । पशु सेवा शाखाले स्वच्छ मासु उत्पादन तालिम दिइएका वडा नम्बर १ का १५ वटा मासु पसल मध्ये आधा दर्जन पसलमा अनुगमन गरेको शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । तालिम लिएपछि ब्यवसायीहरुले त्यसलाई व्यवहारमा कति लागू गरेका छन् भनेर बुझ्न अनुगमन गरिएको शाहीको भनाई छ ।

पाराहान केसी फ्रेस हाउस, थापा मासु पसल, आदित्त फ्रेस हाउस, पोखरेल फ्रेस हाउस र एस.एम. फ्रेस हाउसमा अनुगमन गरिएको हो । धम्बोझी क्षेत्रका ती मासु पसल अनुगमन गरिँदा कतिपयले साइनबोर्ड समेत राखेका छैनन् भने अधिकांशमा मूल्यसूची छैन । एउटा पसल दर्ता समेत नगरेको पाइएको छ । 

कतिपय पसलमा सरसफाईको कमी समेत देखिएको छ । त्यस्ता पसललाई सजग बनाइएको छ । सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई ब्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखा प्रमुख शाहीले बताइन् ।

अनुगमन टोलीमा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, पशु प्रजनन कार्यालयका पशु चिकित्सक डा. मिलनकुमार चौधरी, पशु सेवा शाखा प्रमुख शाही, पशु सेवा शाखाका अच्युत गौतम, रिता राना, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी लगायत सहभागी थिए । अनुगमनलाई निरन्तरता दिइने शाहीले बताइन् ।

 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP