नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्ती नदीमा पानीको सतह ७.८२ मिटर पुग्यो, बाढी बस्ती पस्न थाल्यो
राप्ती नदीमा पानीको सतह ७.८२ मिटर पुग्यो, बाढी बस्ती पस्न थाल्यो
RSG-2
चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारियो
बागेश्वरी पोस्ट
शनिबार, असार २२, २०८१ बागेश्वरी पोस्ट
राप्ती नदीमा पानीको सतह ७.८२ मिटर पुग्यो, बाढी बस्ती पस्न थाल्यो

नेपालगञ्ज । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपरान्ह साढे ४ बजेको रेकर्ड अनुसार पानीको सतह ७.८२ मिटर पुगेको छ । निरन्तर पानी परेपछि राप्ती नदीमा बाढी आएको हो । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।  बाढी बढेपछि डुडुवा गाउँपालिका १ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । यस्तै करीब १०० परिवारलाई सुरक्षित स्थानमा लैजाने तयारी पनि गरिएको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको ज्ञवालीले बताए । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरिएको छ । डुबानको जोखिम बढेकाले उद्दारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । 

राप्ती नदीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गंगापुर, कुदरबेटवा, सोनबर्षा लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् । यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका १० घरमा राप्तीको पानी पसेको बताइएको छ ।


प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP