नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खोलामा आएको बाढीले अटो बगाउँदा दुई जना बेपत्ता
खोलामा आएको बाढीले अटो बगाउँदा दुई जना बेपत्ता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १९, २०८१ बागेश्वरी पोस्ट
खोलामा आएको बाढीले अटो बगाउँदा दुई जना बेपत्ता

दाङ  । दाङको  तुलसीपुर उपमहानगरस्थित खाद्रे गाउँमा खहरे खोलाले अटो बगाउँदा दुई जना बगेर बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे गाउँस्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी १७ बर्षीया मञ्जु खड्का बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर–४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा पाँच जना सवार थिए । चालक खाद्रे गाउँका ४६ बर्षीय हरिकिशन बिक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए । आमा सुनिताले आफूसहित छोरा सुशान्तलाई पनि जोगाउन सफल भएकी थिइन् ।

बर्षाका कारण खाद्र भएर बग्ने खहरेले बेतनी खोलामा शुक्रबार बेलुका ठूलो बाढी आएको थियो । अटो चालकले बाढीको अवस्था अन्दाज नगरी अटो खोलामा हाल्दा बगाएको थियो ।

खोलाले बगाई बेपत्ता रहेका सीता र मञ्जुको खोजी कार्य जारी छ । घटनास्थल खाद्रे प्रहरी चौकीबाट झन्डै डेढ किलोमिटर उत्तर पश्चिम र तुलसीपुर बजारबाट १३ किलोमिटर उत्तर पूूर्वमा पदर्छ । खोलाले अटोसहित यात्रु बगाएको भन्ने सूचना पाउनासाथ इप्रका तुलसीपुरबाट खटिएको टोलीले उद्दार गरेको थियो ।

त्यस्तै शुक्रबार राति करिब पौने दश बजेतिर अर्को एउटा अटोलाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजारबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाई काला खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा चालक तुलसीपुर – ७ पर्सेनी गाउँका २२ बर्षीय दुर्गाबहादुर पुन एक्लै सवार थिए । उनले मापसे पनि गरेका थिए । उनको भने केहीबेरमै उद्धार भएको थियो ।

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत पर्ने काला खोलामा आएको बाढीका कारण ह्युमपाइप माथिबाट खोला बगिरहेको थियो ।

अटो बगाएको खबर पाउनासाथ इप्रकाबाट प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलको नेतृत्वमा खटिएको ७ जनाको प्रहरीले चालक पुनको उद्धार गरेको तुलसीपुर प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको कलालाई संरक्षण-सम्बद्र्धन गर्नुपर्नेमा जोड  
नेपालको कलालाई संरक्षण-सम्बद्र्धन गर्नुपर्नेमा जोड  
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी
नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रदर्शनी
डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम
डब्लुडब्लुजेको १८औं बार्षिकोत्सबः नेपालगञ्जमा भब्य कार्यक्रम
बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम
बाँके-बर्दियाका बहिरा युवालाई उद्यमशील बनाउन १५ दिने 'छ्वाली आर्ट' तालिम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP