prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • २४० प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता
२४० प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असोज २९, २०७६ बागेश्वरी पोस्ट
२४० प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

नेपालगन्ज । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब २ सय ४० प्रतिशतले बढेको छ। गत आवको सोही अवधिको तुलनामा यस्तो प्रतिबद्धता बढेको हो।

nepalgunj 081-082

अर्थ मन्त्रालयका अनुसार आव २०७६/७७ को भदौ मसान्तसम्ममा विभिन्न दातृ राष्ट्र÷निकायबाट १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। उक्त प्रतिबद्धता गत आवको तुलनामा २ सय ३९.२ प्रतिशतले बढी हो। गत आव (२०७५/७६) को सोही अवधिमा यस्तो प्रतिबद्धता ३ अर्ब ६४ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको भदौसम्म प्राप्त प्रतिबद्धतामध्ये अधिकांश प्रदेश र स्थानीय सरकार सहयोग कार्यक्रम (पिएलजिएसपी) परियोजनाको लागि भएको अर्थ मन्त्रालयले जनाएको छ। उक्त परियोजनाका लागि ११ अर्ब ४० करोड बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको भनाइ छ।

यसअवधिमा प्राप्त प्रतिबद्धता सबै द्विपक्षीय वैदेशिक अनुदान रहेको मन्त्रालयले जनाएको छ।

दुई महिनामा अनुदान र ऋण दुवै बढे

चालु आवको दुई महिनामा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनुदान र ऋण दुवैतर्फको रकम बढेका छन्।
अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म सरकारले ६ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा १ सय २५.८ प्रतिशतले बढी हो।

त्यसैगरी, भदौ मसान्तसम्म विभिन्न दातृ निकायबाट १६ अर्ब ८४ करोड रुपैयाँ वैदशिक ऋण प्राप्त गरेको छ, जुन गत आवको तुलनामा १ सय २२.८ प्रतिशतले बढी हो।

साढे १० खर्ब बढी ऋण
चालु आवको भदौ मसान्तसम्म मुलुकले तिर्नुपर्ने ऋणको आँकडा १० खर्ब ६८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

उक्त ऋणमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋणतर्फको रकम हो भने बाँकी ६ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ वैदेशिक ऋण हो।

यस अवधिमा सरकारले वैदेशिक ऋणतर्फ सावाँ र ब्याज गरी ७८ करोड ७४ लाख रुपैयाँ तथा आन्तरिक ऋणतर्फ २ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ।


प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १७:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP