prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • एचआइभी एड्सबारे नेपालगञ्जका जनप्रतिनिधिसंग जुनकिरी आमा समूहको अन्तरक्रिया
एचआइभी एड्सबारे नेपालगञ्जका जनप्रतिनिधिसंग जुनकिरी आमा समूहको अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ९, २०८१ बागेश्वरी पोस्ट
एचआइभी एड्सबारे नेपालगञ्जका जनप्रतिनिधिसंग जुनकिरी आमा समूहको अन्तरक्रिया

नेपालगन्ज । भेरी अस्पतालमा रहेको एआरटी युनिटबाट ५८८ जना एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । ती मध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य छन् । त्यसमा नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना छन् भने सबैभन्दा कम जानकीमा १९ जना रहेको एआरटी काउन्सेलर इन्द्र सैनीले बताए । यस्तै कोहलपुरमा ८३, खजुरा ५४, बैजनाथ ४२, नरैनापुर ४१, डुडुवा ३७ र राप्तीसोनारीका ३५ जना छन् । नेपालगन्ज उपमहानगरपालिकामा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा छन् । एआरटी युनिटका अनुसार हालसम्म १७ सय जनालाई एआरटी सेवा दिइएको छ ।

सन् २००४ मा स्थापना भएको एआरटी युनिटले अहिलेसम्म १९ सय जनाको रोग पहिचान गरेको छ भने २ लाख जनाको एचआइभी परीक्षण गरिएको छ । भेरी अस्पतालका एचआइभी फोकल पर्सन वरिष्ठ फिजिसियन डा. संकेत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताए । डा. रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित आमाबुवाबाट जन्मेका सन्तानमा 'पोजिटिभ' देखिएको छैन । उनले एचआइभी एड्सलाई पनि अन्य रोग सरह नै मानेर चेकजाँच गराउन सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए ।

May be an image of 3 people and text

जुनकिरी महिला समूहले आज नेपालगन्जमा उपमहानगरपालिकाका जनप्रतिनिधिसंग आयोजना गरेको वैठकमा बोल्दै उपप्रमुख कमरुद्दिन राईले एचआइभी पहिचान, उपचार प्रक्रिया र उपचारमा आमनागरिकको पहुँच वृद्धिका लागि सबैको हातेमालो, सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले नेपालगन्ज उपमहानगरपालिका यसमा गम्भीर र संवेदनशील रहेको उल्लेख गरे । स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले नेपालगन्ज उपमहानगरपालिकाले पनि एचआइभी संक्रमित बालबालिकालाई मासिक ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइरहेको बताए ।

May be an image of 13 people, lighting and table

वैठकमा जुनकिरी आमा समूहका कार्यक्रम संयोजक रविन्द्र सिंह राठौरले संस्थागत परिचय तथा संस्थाद्वारा संचालित कार्यक्रम, एचआइभी सम्बन्धि सेवा सुविधा, उपचार हेरचाह तथा स्याहारका बारेमा जानकारी गराएका थिए । जुनकिरीले सामुदायिक स्याहार केन्द्रमार्फत २४० जनालाई सेवा दिइरहेको राठौरले बताउनुभयो । ती मध्ये १२४ पुरुष, ११२ महिला र ३ जना तेस्रो लिंगी छन् । यसमा बाँकेका ९४, बर्दियाका ४८ र अरु अन्य जिल्लाका हुन् । जुनकिरीले घर भेट कार्यक्रम पनि गर्दै आएको छ । यस्तै ९१७ जनाको एचआइभी जाँच गर्दा ६ जनामा 'पोजिटिभ' देखिएको छ ।

कार्यक्रम संयोजक राठौरले एचआइभी संक्रमित बालबालिकाहरुको लागि सामाजिक संरक्षण अनुदान पनि उपलब्ध गराइरहेको जानकारी दिए । मासिक १ हजार रुपैयाँ पाउने गरी मासिक ३४ जनालाई नियमित अनुदान उपलब्ध गराइएको छ । त्यसमा बाँकेका १९ जना छन् । राठौरले एड्स प्रभावितलाई हेर्ने नजर अझै नबदलिएको भन्दै हेला गर्ने प्रवृत्ति  कायमै रहेको अनुभव सुनाए । यसमा समाजको दृष्टिकोण बदल्नुपर्नेमा उनको जोड छ ।

May be an image of 10 people, table and text


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP