prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जमा कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको पालिका संवाद
नेपालगञ्जमा कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको पालिका संवाद
RSG-2
अनुशासन र जबाफदेहितामा गम्भीर बन्न आग्रह
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ९, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको पालिका संवाद

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले नेपालगञ्ज उपमहानगरपालिकामा पालिका संवाद गरेका छन् । आज पार्टी कार्यालयमा आयोजित पालिका संवादमा उनले नेता कार्यकर्तासंग साक्षात्कार गरे । सुरुमा बोल्ने चाहने नेता कार्यकर्ताका कुरा ध्यान दिएर सुनेका पुनले अन्तिममा जवाफ दिएका थिए ।

paribartan 1

सभापति पुनले नेतृत्वप्रति सधैं औंला ठड्याउने, आफ्ना कुरा राख्ने, गुनासा सुनाउने तर जवाफ नसुनेर निस्किने प्रबृत्ति रहेको भन्दै ध्यानाकर्षण गराए । उनले आफ्नो वडामा संगठन बनाउनका लागि मेहनतका साथ लाग्न निर्देशन दिए । सभापति पुनले तल्लो तहका नेता कार्यकर्तामा पनि अनुशासन र जबाफदेहिता हराउँदै गएको भन्दै रोष प्रकट गरेका थिए ।

May be an image of 14 people and text

कांग्रेसलाई मजबुत बनाउन सबैले आपसी तिक्तता त्यागेर पार्टी जीवनका लागि काम गर्नुपर्नेमा उनको जोड छ । केन्द्रिय नेतृत्वले प्रदेश तहमा अधिकार प्रत्योजन गर्नै नचाहने प्रबृत्ति रहेकोमा आफूले निरन्तर आवाज उठाइरहेको बताए । उनले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले चुनावताका घोषणापत्रमा समेटेका विषय के कति कार्यान्वयन भए, पार्टी तहमा समवन्य भएको छ कि छैन, जनताका अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न सकिएको छ कि छैन भन्ने विषयमा आत्ममूल्यांकन गरेर अघि बढ्न आग्रह गरे । सभापति पुनले पालिका स्तरमा नेता कार्यकर्ताका कुरा सुन्न आफूले पालिका संवाद चलाएको स्मरण गराए ।

त्यसक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि फ्लोरमा उठेका प्रश्नको जवाफ दिएका थिए । आफूले यथाशक्य राम्रो काम गर्न कोशिस गरिरहेको बताउँदै उनले आधारहिन र अनावश्यक टिप्पणी नगर्न आग्रह गरे । पार्टी तहबाट आफूलाई दरिलो साथ हुनुपर्ने उनको भनाई छ । कांग्रेस नगर सभापति समेत रहेका विष्टले आगामी फागुनदेखि आफू वडा तहमा केन्द्रित भएर नेता कार्यकर्ता र जनतासंग साक्षात्कार गर्ने आफ्नो कार्ययोजना सुनाए ।

May be an image of 10 people and text

फ्लोरबाट बोलेका नेता कार्यकर्ताले तल्लो तहमा विद्यमान तिक्तता, पार्टीको माथिल्लो तहसंग समन्वय अभाव, दण्डित र पुरस्कृत गर्ने प्रबृत्तिको अभाव, कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको, पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग समन्वय हुन नसक्नु लगायतका विषय उठान गरेका थिए । पालिका संवादको उद्देश्यबारे कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषालले प्रष्ट पारेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर सभापति धनराज बर्माको अध्यक्षतामा सम्पन्न पालिका संवादमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका प्रदेश समिति सदस्य, जिल्ला पदाधिकारी, क्षेत्रीय समिति पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संगठनका पदाधिकारी लगायतको उपस्थिति थियो । नगर सहसचिव शरदराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र कुमार श्रेष्ठले गरेका थिए । 

May be an image of 12 people and textMay be an image of 13 people and text


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP