नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • ‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २२, २०८१ बागेश्वरी पोस्ट
‘क्यान इन्फोटेक २०२५’ समापन

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित ‘क्यान इन्फोटेक २०२५’ को आज एक समारोहका बीच समापन गरिएको छ ।नेपालगञ्जस्थित डायमण्ड पार्टी प्यालेस होटलमा समापन समारोह सम्पन्न भएको हो । नेपालगञ्जमा जारी प्रादेशिक महोत्सब २०८१ भित्र  ‘क्यान इन्फोटेक २०२५’ माघ १० देखि २२ गतेसम्म आयोजना गरिएको थियो ।

क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा बोल्ने बक्ताहरुले सूचना प्रविधिको उच्चतम् उपयोग गरेर जीवनलाई सरल, सहज र सफल बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । अहिलेको युग विज्ञान प्रविधिको युग भएको भन्दै बक्ताहरुले समयसापेक्ष बन्न सक्नुपर्ने बताए । 'डिजिटलाइज' हुनुपर्ने समयको माग र आवश्यकता रहेको उनीहरुको भनाई थियो ।

May be an image of 4 people, dais and wedding

प्रमुख अतिथि नमुनाले विज्ञान प्रविधिको विकाससंगै आम नागरिकको ज्ञान र क्षमता विकासका लागि पनि काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । नवीनतम् प्रविधिहरुको सही सदुपयोग हुनुपर्नेमा उनको जोड थियो । नमुनाले विज्ञान प्रविधिका क्षेत्रमा उत्पादन भएका नयाँ चिजहरुको प्रचारप्रसार र बजारीकरणमा क्यान इन्फोटेकले भूमिका खेलेको बताइन् । समापन समारोहमा खजुरा गाउँपालिकाका प्रबक्त धनराम ओली क्षेत्री, राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, क्यान महासंघ लुम्बिनीका निवर्तमान अध्यक्ष भोजराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले क्यान इन्फोटेक सूचना प्रविधिमा चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो बन्न सफल भएको बताएका थिए । 

May be an image of text

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको प्रविधि विकास तथा विस्तारका लागि क्यान महासंघ बाँकेले क्यान इन्फोटेक गरेको अध्यक्ष जोशीले बताए । क्यान महासंघ बाँके उपाध्यक्ष ओस्कार थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव रमेश बुढा क्षेत्री र पत्रकार समिरमान श्रेष्ठले गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि, अतिथि लगायत मुख्य प्रायोजक, प्रायोजक र विभिन्न 'पार्टनर'हरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री लगायतको पनि उपस्थिति थियो ।  ५औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएनजीस्क्रीन रहेको थियो । 


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP