prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल पत्रकार महासंघ बाँकेको 'पत्रकार सद्भाव बनभोज कार्यक्रम'
नेपाल पत्रकार महासंघ बाँकेको 'पत्रकार सद्भाव बनभोज कार्यक्रम'
banijya office
डुडुवा गाउँपालिका अध्यक्ष चौधरीद्वारा महासंघलाई सेमिनार हल बनाइदिने घोषणा
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३, २०८१ बागेश्वरी पोस्ट
नेपाल पत्रकार महासंघ बाँकेको 'पत्रकार सद्भाव बनभोज कार्यक्रम'

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले 'पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम' गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा-५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिवार वनभोज कार्यक्रम गरिएको हो । लामो समयदेखि निरन्तरता पाउन नसकेको पिकनिक संस्कृतिलाई नयाँ कार्यसमितिले यस बर्षदेखि फेरि सुरुवात गरेको छ ।

nepalgunj 081-082

शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा प्रमुख अतिथिका रुपमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले महासंघको नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनको माथिल्लो तलामा सेमिनार हल बनाइदिने घोषणा गरेका छन् । उनले स्थानीय सरकारका नाताले पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । चौधरीले स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि महासंघ बाँके शाखाले डुडुवा गाउँपालिका क्षेत्रलाई रोजेको भन्दै खुसी ब्यक्त गरे । उनले पर्यटन प्रबद्र्धन तथा ब्यवस्थापनका लागि पालिकाले विशेष योजनाका साथ काम गरिरहेको बताए ।

May be an image of 5 people and text

उनले त्यसक्रममा डुडुवा गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कामहरुको बारेमा समेत पत्रकारहरुलाई जानकारी गराएका थिए । जनताको घरदैलोमै सेवा दिइरहेको डुडुवा गाउँपालिकाले २०७९ मंसिर १ गतेदेखि पशुपालक किसानलाई घर-घरमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य कार्ड लागू गरेको जनाएको छ । पशु विरामी भए पशु स्वास्थ्यकर्मी घर-घरमा पुग्छन् । चौधरीले २०७४ फागुन १ गतेदेखि पशु नश्ल सुधार कार्यक्रम लागू गरेर हालसम्म ९ हजार पाडापाडी र बाच्छाबाच्छी जन्मिइसकेको बताए । उनले आफ्नो पहिलो कार्यकालको सुरुवातमै यो कार्यक्रम लागू गरेका थिए । उनको यो दोस्रो कार्यकाल हो ।

यस्तै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू छ । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिन्छ । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चोधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको छ । उनले विद्यार्थीहरुमा सदाचार विकास गर्न नैतिक शिक्षा पनि पढाउन थालिएको जानकारी दिए ।

अध्यक्ष चौधरीले डुडुवाको हिरमिनिया आलुको पकेट क्षेत्र भएकाले भण्डारणका लागि ७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि सञ्चालनमा आइसकेको बताए । जनतालाई कसरी प्रत्यक्षरुपमा धेरै भन्दा धेरै सेवा दिन सकिन्छ भनेर आफू निरन्तर लागिपरेको अध्यक्ष चौधरीको भनाई छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले राम्रो अभ्यासको सुरुवात गरेको बताउँदै सहकार्यका लागि डुडुवा गाउँपालिकालाई धन्यवाद दिए । अन्य मोडेलमा महासंघसंग सहकार्यका लागि पनि उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भनेर डुडुवा-५ नानापुरस्थित पार्कमा 'पत्रकार सद्भाव वनभोज कार्यक्रम' आयोजना गरिएको बताए । उनले पर्यटन प्रबद्र्धनमा मिडियाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारले पर्यटकीय स्थलहरुको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताए । गिरीले जिल्लाका स्थानीय सरकारहरुसंग सहकार्य गरेर आगामी दिनमा विभिन्न तालिम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए । उनले निरन्तररुपमा विभिन्न कार्यक्रम र क्रियाकलाप सञ्चालन गरेर संस्थालाई क्रियाशील बनाइने बताए ।

सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष एवम कार्यक्रम संयोगक करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । त्यसक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसंगै नाचगान समेत गरिएको थियो ।

May be an image of 11 people and crowd

May be an image of 14 people, people smiling and grassMay be an image of 10 people and people smiling


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २१:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP