prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा मनाइयो विश्व उपभोक्ता अधिकार संरक्षण दिवस
नेपालगन्जमा मनाइयो विश्व उपभोक्ता अधिकार संरक्षण दिवस
banijya office
बागेश्वरी पोस्ट
शनिबार, चैत २, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा मनाइयो विश्व उपभोक्ता अधिकार संरक्षण दिवस

नेपालगन्ज । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्ने गरी उपभोक्ताको अधिकार हनन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिइएको छ । `स्वच्छ र प्रतिस्पर्धी बजार: उपभोक्ता संरक्षण दिगो आधार´ भन्ने नाराका साथ आज नेपालगन्जमा विश्व उपभोक्ता अधिकार संरक्षण दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले आयोजना गरेको कार्यक्रममा उक्त सुझाव दिइएको हो । नियामक निकायले अनुगमन गर्ने, कारबाही गर्ने तर उपभोक्ता अधिकारमाथि खेलवाड गर्ने प्रवृत्ति नरोकिएको सहभागीहरुको भनाई थियो । 

nepalgunj 081-082

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख कमरुद्दिन राइले उपभोक्ता अधिकार संरक्षणका सवालमा स्थानीय सरकार जिम्मेवार र प्रतिवद्व रहेको बताएका छन् । नाप तौल बिभाग नेपालगन्ज प्रमुख सन्तोष शर्माले उपभोक्ता आफ्नो अधिकारप्रति सचेत नभएको बताए । कार्यालयमा उपभोक्ता अधिकार हननका कुनै उजुरी नपरेको उनले बताए । शर्माले स्थानीय सरकारले पनि अनुगमनको पाटोलाई प्रभावकारी गराउन नसकेको गुनासो गरे ।  

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले उपभोक्ताले उपभोग गर्ने बस्तुहरु गुणस्तरीय हुनुपर्ने बताइन् । उनले उपभोक्ताहरु सचेत भए मात्र पनि उपभोक्ता अधिकार सुरक्षित हुने धारणा राखिन् । उनले प्रतिस्पर्धी बजारमा सरकारी निकाय जिम्मेवार हुने र उपभोक्ता सचेत हुने हो भने उपभोक्ता अधिकार सुनिश्चित हुने बताइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरीक्षक एकराज बुढाथोकीले खाद्य अधिकारको संरक्षण र संवर्द्धनका लागि नागरिक पनि सचेत हुनुपर्न बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले वस्तु तथा सेवामा उपभोक्ताका अधिकारहरु सुनिश्चित गरेको छ । उपभोक्ताहरुलाई सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार, वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदिबारे सुसूचित हुने अधिकार सुनिश्चित गरेको छ । समिश्रित वस्तुमा रहेको मात्रा, तत्व वा प्रतिशतको सम्बन्धमा जानकारी पाउने अधिकार, जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्‍याउने वस्तु र सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार पनि उपभोक्तालाई छ । साथै उचित कानुनी कारबाही गराउन पाउने अधिकार, हानी नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकार, उपचार पाउने वा सुनुवाई हुने अधिकार र उपभोक्ता शिक्षा पाउने अधिकारलाई पनि उपभोक्ता संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेको छ । कानुनले उपभोक्ता अधिकार सुनिश्चित गरे पनि यसको कार्यान्वयन पक्ष भने फितलो छ । त्यसैले नेपाली उपभोक्ताहरु मारमा पर्दै आएका छन् । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य बसन्त गौतमले राज्य, बजार र उपभोक्ता तीनै पक्ष जिम्मेवार नहुँदा उपभोक्ता अधिकार कमजोर बनेको बताउँछन् । यसका लागि सचेतना कार्यक्रम सञ्चालन गनुपर्ने उनले औंल्याए । उनले भने, ‘यसमा मुख्यतः सरकार जिम्मेवार हुनुपर्छ । उत्पादनकर्ताको जिम्मेवारी र उपभोक्ताको जागरुकता पनि उत्तिकै जरुरी छ ।’ उपभोक्ता अधिकारकर्मी समेत रहेका चिकित्सक डा.बिनोद कर्णले अनुगमनलाई फ्लोअप गरिनुपर्ने बताए । अर्का उपभोक्ता अधिकारकर्मी प्रभातसिंह ठकुरीले बजार अराजक बन्दा उपभोक्ताको अधिकार हनन भएको बताए । उनले अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिए । यस्तै अधिवक्ता विश्वजीत तिवारीले उपभोक्ताहरुलाई जागरुक गराउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले उपभोक्ता अधिकारका सवालमा संचारकर्मबाट जागरण फैलाउन सबै संचारकर्मीहरुलाई आग्रह गरेका छन् । उपभोक्ता अधिकारका क्षेत्रमा जागरण फैलाउँदै व्यवसायिक अनुगमन गर्ने काम वाणिज्य कार्यालयले गर्दै आएको कार्यालय प्रमुख हरि बहादुर खत्रीले बताए । 

वाणिज्य, आपूर्ति  तथा उपभोक्ता संरक्षण कार्यालयले चालू आर्थिक वर्षमा ६९ वटा व्यवसायिक फर्मलाई कारबाही गरिएको जनाएको छ । उपभोक्ताको अधिकार हनन गर्ने फर्महरुलाई कारबाहीको दायरामा ल्याइएको कार्यालय प्रमुख खत्रीले बताए । लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेश सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २८६ वटा फर्मको अनुगमन गरिएकोमा ६९ फर्मलाई कारबाही गरिएको वाणिज्य कार्यालयका खरिदार सुरेश राज पौडेलले बताए । त्यसबाट करीब साढे १० लाख जरिवाना असुल गरिएको उनले बताए । गएको वर्ष २०८०/०८१ मा ६२८ वटा व्यवसायिक फर्मको अनुगमन गरिएकोमा १४० वटा फर्मलाई कारबाही गरिएको खत्रीले बताए । त्यसबाट ३२ लाख ९५ हजार राश्वव उठेको छ  ।


प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १५:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP