prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सदस्यता पारदर्शितामा फोकस गरेर काम गर्छौंः महासचिव दाहाल
सदस्यता पारदर्शितामा फोकस गरेर काम गर्छौंः महासचिव दाहाल
banijya office
बागेश्वरी पोस्ट
सोमबार, चैत ४, २०८१ बागेश्वरी पोस्ट
सदस्यता पारदर्शितामा फोकस गरेर काम गर्छौंः महासचिव दाहाल

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सदस्यता पारदर्शितामा फोकस गरेर काम गरिने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जस्थित कार्यालयमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै महासचिव दाहालले सदस्यता पारदर्शिताको मापदण्डलाई पछ्याउँदै अहिलेको कार्यसमितिले काम गर्ने बताए । "महासंघका प्रत्येक साधारण सदस्य अब समाज समक्ष एक्सपोज हुनुपर्दछ, सबैको विवरण वेबसाइट वा फेसबुक पेजमा राखिनुपर्दछ, हामीले तीन महिनाभित्र यो काम गरिसकौं भनेका छौं," उनले भने-"सदस्यतामा देखिएको समस्या यसले कम गर्दछ भन्ने लाग्छ ।"

nepalgunj 081-082

उनले विधान बमोजिम सदस्यता प्रदान गर्ने अधिकार जिल्ला शाखालाई रहेको स्पष्ट पारे । दाहालले संघियता कार्यान्वयन गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको बताउँदै शाखाको अधिकारमाथि केन्द्र वा प्रदेशको हस्तक्षेप नहुने प्रष्ट्याए । उनले नयाँ सदस्यता प्राप्ति र शुद्धिकरणको कार्य प्रक्रियागत ढंगले अघि बढ्ने बताए । उनले सदस्यताबाटै संघियताको अभ्यास गर्न चाहेको स्पष्ट पारे ।

May be an image of 2 people, dais and newsroom

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै उनले महासंघको मागलाई बेवास्ता गरी विधेयक अगाडि बढाउन खोजिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा कुनै कम्प्रमाइज हुन नसक्ने बताउँदै दाहालले संघ, प्रदेश र स्थानीय सरकारले बनाउने सञ्चारसम्बन्धि कानुन प्रेसमैत्री हुनुपर्ने बताए ।

शाखा अध्यक्ष नवीन गिरीले महासचिव दाहाललाई खादा लगाइदिएर कार्यालयमा स्वागत गरेका थिए । गिरीले आफू नेतृत्वको कार्यसमिति निर्वाचित भएर आएपछि गरिएका निर्णय, सम्पन्न भएका गतिविधि र आगामी कार्य योजनाबारे जानकारी गराउँदै शाखालाई क्रियाशील र गतिशील बनाउँदै लैजाने बताए ।

May be an image of 3 people

कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा पूर्व अध्यक्षद्वय निरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, अकोराबका केन्द्रिय सदस्य मो. आरिफ अन्सारी, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य रविन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद मधु पौडेल लगायतले महासचिव दाहाल समक्ष सांगठनिक जिज्ञासा राख्नुका साथै आफ्नो धारणा पनि राखेका थिए । शाखा सचिव कृष्ण ओलीले कार्यक्रम सञ्चालन गरेका थिए । 

May be an image of 13 people and textMay be an image of 4 people and clarinetMay be an image of 11 people, people studying and tableMay be an image of 6 people and people studyingMay be an image of 4 people, people studying and people smiling


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २१:४१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP