prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान अतुलनीय'
'संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान अतुलनीय'
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, चैत ७, २०८१ बागेश्वरी पोस्ट
'संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान अतुलनीय'

नेपालगञ्ज । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइराला जस्तो अडिग र दुरगामी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित ‘गिरिजा प्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्ने काँग्रेसी नेताहरुले गिरिजाप्रसाद कोइरालाकै अगुवाईमा मुलुकमा शान्ति स्थापना भएको बताए  ।

nepalgunj 081-082

माओवादीलाई राजनीतिको मूलधारमा ल्याएर मुलुकमा शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रहेको वक्ताहरुको तर्क थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले गिरिजा प्रसाद कोइराला दुरदर्शी नेता भएको भन्दै काँग्रेसमा त्यस्तै नेताको अभाव अहिले खड्किरहेको बताए । उनले लोकतान्त्रिक जनआन्दोलनका नायक कोइरालाकै कारण मुलुकमा सशस्त्र द्वन्दको अन्त्य भएको स्मरण समेत गरे ।

अध्यक्षताको आसनबाट बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कोइरालाले मुलुक परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । उनले मजदुरहरुको हक अधिकार दिलाउन कोइरालाकै अगुवाईमा मजदुर आन्दोलन भएको स्मरण गरे । स्ववियु निर्वाचनको प्रसंग जोड्दै सभापति गौडेलले पार्टीलाई बदनाम गर्ने, नेता तथा कार्यकर्तामाथि अमर्यादित अभिव्यक्ति दिने कार्यकर्ताको लेखाजोखा पार्टीले गर्ने चेतावती समेत दिए ।

May be an image of 6 people, dais and text

नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोइरालाको अगुवाइकै कारण मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भएको दोहोर्याए । कुर्मीले काँग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिएको उल्लेख गरे । महासमिति सदस्यहरुको तर्फबाट बोल्दै लुट बहादुर खत्रीले पार्टी भित्रको अस्वस्थ प्रतिष्पर्धा रोक्न सके काँँग्रेस बलियो पार्टी बन्ने बताउँदै त्यो शिक्षा कोइरालाको त्यागबाट सिक्नुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले कोइराला यो युगको  शिखर पुरुष भएको बताए । ‘जे बोल्छु त्यही गर्छु’ भन्ने कोइरालाको भनाई आफ्नो लागि आदर्श रहेको उनले बताए । उनले पुराना कुरा बिर्सिएर पार्टीलाई गुटमुक्त गराउनुपर्ने बताए । यस्तै प्रदेश क्षेत्रीय सभापतिहरुको तर्फबाट बोल्दै बाँके क्षेत्र नम्बर १ ‘ख’ का सभापति बलराम शर्माले मुलुकको बृहत्तर बिकासका लागि गिरिजा प्रसाद कोइरालाले अतुलनीय योगदान गरेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य दुखीराम लोनिया, भ्रातृ संगठनहरुका तर्फबाट दलित संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर बिक लगायतले बोलेका थिए । नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य उमा थापाले गरेकी थिइन् ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश क्षेत्रका पदाधिकारीहरु, पालिका सभापतिहरु, वडा सभापतिहरु लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइराला र पूर्व सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । 

May be an image of 16 people, dais and textMay be an image of 5 people and people studyingMay be an image of 9 people and dais


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १९:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP