नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य बिमा कार्यक्रम खारेज होइन, व्यवस्थित बनाउँछौ: मन्त्री पौडेल
स्वास्थ्य बिमा कार्यक्रम खारेज होइन, व्यवस्थित बनाउँछौ: मन्त्री पौडेल
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ९, २०८१ बागेश्वरी पोस्ट
स्वास्थ्य बिमा कार्यक्रम खारेज होइन, व्यवस्थित बनाउँछौ: मन्त्री पौडेल

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई खारेज नभई थप प्रभावकारी तथा व्यवस्थित बनाउँदै लगिने बताएका छन् ।

आज नेपालगञ्जमा नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले आमनेपाली जनताको स्वास्थ्य अवस्था माथि उठाउँदै उनीहरुलाई उपचार सेवामा बढी भन्दा बढी सहयोग गर्ने उद्देश्यले बिमा कार्यक्रमलाई घरदैलोसम्म पुर्याउने सरकारको योजना रहेको बताए ।

बाँके कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता पौडेलले निजी अस्पताललाई मालिकको तजबिजले चलाउने र श्रम शोषण गर्ने प्रवृति सरकारलाई सह्य नहुने प्रष्ट पारे । ‘हामी अस्पतालको बेथिति हटाउन निर्मम भएर अघि बढेका छौ’-मन्त्री पौडेलले भने ।

कार्यकर्ताहरुको प्रश्नको जवाफमा युवा नेता मन्त्री पौडेलले पूर्व विशिष्टलाई दिने भनिएको थप सेवा सुविधा लागु नहुने बताउँदै बरु संघीय र प्रदेश सांसदको सिट संख्या कटौती गर्नुपर्ने खाँचो रहेको औंल्याए ।

अध्यक्षताको आसनबाट बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीमा कामको आधारवाट कार्यकर्ताको मूल्यांकन हुने बताए । उनले भने-‘पार्टीमा अब गफ हैन, काम गरेर देखाउनुपर्छ । काम गर्नेको मूल्यांकन हुन्छ, गफ गर्नेहरु पाखा लाग्नेछन् ।’

पार्टी जिल्ला सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा पार्टी जिल्ला उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी, कृष्ण कार्की, लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, परमेश्वरी पाठक लगायतको उपस्थिति रहेको थियो ।

कार्यकर्ता भेटघाटमा महासमिति सदस्यद्वय मेघराज ओली र लुटबहादुर केसी, गोपाल गिरी लगायतले जिल्लाको विकास, पार्टी संगठन लगायत समसामियक घटनाका सन्दर्भमा मन्त्री पौडेललाई जानकारी गराउँदै केही जिज्ञासा र चासो समेत राखेका थिए । 

 

 

 


प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP