prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकारको हत्यारालाई कारबाहीको माग गर्दै बाँके प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र
पत्रकारको हत्यारालाई कारबाहीको माग गर्दै बाँके प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १९, २०८१ बागेश्वरी पोस्ट
पत्रकारको हत्यारालाई कारबाहीको माग गर्दै बाँके प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र

नेपालगञ्ज । राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनमा पत्रकार हत्या, आक्रमण तथा सञ्चार गृहमा भएको आगजनी र तोडफोडको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बाँकेका पत्रकारहरुले ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । 

गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्दै गर्दा आगोमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष गिरीले बताए । सहायक प्रमुख जिल्ला अधिकारीलाई खडानन्द खत्रीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष गिरीले एक साताभित्र माग पूरा हुने विश्वसनीय आधार नदेखिए महासंघ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । ज्ञापनपत्र बुझिसकेपछि सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले उक्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाइने प्रतिवद्धता जनाए ।

May be an image of 5 people and text

ज्ञापनपत्रमा भनिएको छ, 'विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ । हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीज्यूमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्दछौं । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण समेत गराउँदछौं ।' ज्ञापनपत्र बुझाउन पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु निरज गौतम, झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायत पत्रकारहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

May be an image of 11 people

उक्त हिंसात्मक आन्दोलनमा भिडियो खिच्ने क्रममा पत्रकार रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको थियो भने कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको थियो । यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याउनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरज तामाङको क्यामेरा हराएको थियो । 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP