prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विज्ञ बसन्त कुँवरद्वारा ड्रग्स नियन्त्रणका लागि पत्रकारमाझ पाँच रणनीति प्रस्तुत
विज्ञ बसन्त कुँवरद्वारा ड्रग्स नियन्त्रणका लागि पत्रकारमाझ पाँच रणनीति प्रस्तुत
banijya office
बागेश्वरी पोस्ट
शनिबार, चैत २३, २०८१ बागेश्वरी पोस्ट
विज्ञ बसन्त कुँवरद्वारा ड्रग्स नियन्त्रणका लागि पत्रकारमाझ पाँच रणनीति प्रस्तुत

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले 'लागूऔषध नियन्त्रण र पत्रकारहरुको भूमिका' विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नार्कोनन् नेपालको समन्वयमा आज महासंघको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण गर्दै अन्तर्राष्ट्रिय ड्रग्स नियन्त्रण तथा उपचार विज्ञ रिह्याब स्पेशलिष्ट बसन्त राज कुँवरले लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण भएको बताए । लठ्याउने र अघाउने खाने कुरा बीचको फरकता छुट्याउन उनले आग्रह गरे ।

nepalgunj 081-082

‘लठ्याउने खाने कुरा भनेको ड्रग्स नै हो,' नार्कोनन् कार्यालय अमेरिकाका दक्षिण पूर्वी एसिया प्रमुख समेत रहेका उनले भने–‘यस्ता खाने कुरा तीन हजार पाँच सय प्रकारको हाराहारीमा छन् । नेपालमा भने पाँच वटा लठ्याउने कुरा बढी चुनौतिपूर्ण देखिएको छ । रक्सी, गाँजा, डाक्टरको औषधिमा लठ्याउने बस्तु हालेको जस्तै निद्रा लाग्ने औषधि, खोकीको औषधि, एलर्जीको औषधिलाई पनि नशाको रुपमा खाने, अर्को ब्राउनसुगर र डेनराइट जस्ता लागूपदार्थको प्रयोग नेपालमा बढ्दो रुपमा देखिएको छ ।’

उनले ड्रग्सबाट जोगिन लठ्याउने खाने कुराबाट टाढै रहन आग्रह गरे । लठ्याउने खाने कुरा लत बनेर बस्दा त्यसले व्यक्ति, परिवार, समाज र देशलाई नै ठूलो क्षती पुर्याइरहेको उनको भनाई छ । लठ्याउने खाने कुराले मात्रै दुव्र्यसनीकर्ता बनाउने भएकाले ड्रग्स खाने व्यक्ति यो लतबाट निस्कन सकस हुने उनले सुनाए । उनले ड्रग्स नियन्त्रणका लागि राज्यले प्रभावकारी काम गर्न नसकेको बताए । ड्रग्स नियन्त्रणका लागि राज्यले बनाएको संरचना नै अधुरो रहेको उनले बताए । गृह मन्त्रालय मातहत लागूऔषध नियन्त्रण महाशाखा छ । तर, त्यहाँ न जनशक्ति छ न त बजेट । जिल्लामा सिडिओलाई लागूऔषध नियन्त्रकको जिम्मेवारी छ । तर, सिडिओसँग नियन्त्रणका लागि न त विषय विज्ञताको ज्ञान छ, न त बजेट । त्यसैले पूर्व एसएसपी समेत रहेका विज्ञ कुवँर भन्छन्–‘अब स्थानीय सरकारले नै नियन्त्रणका लागि जिम्मेवारी लिनुपर्छ ।’

May be an image of 2 people, people smiling, dais and text

उनले सम्वद्ध सम्पूर्ण सरोकारवालाहरुलाई खवरदारी गर्ने भूमिका पत्रकारहरुको रहेकाले त्यसतर्फ भूमिका निर्वाह गर्न आग्रह गरे । उनले लागूऔषधको रोकथाम र नियन्त्रणका लागि पाँच वटा रणनीति अपनाउन पनि आग्रह गरे । उनले ती पाँच वटा रणनीतिबारे प्रकाश पार्दै भने–‘नखाएकालाई खान दिन्न, खाएकालाई चिन्छु, चिनेकोलाई उपचार गर्छु, उपचार गरेर आएकालाई फेरि खान दिन्न र विक्री गर्नेलाई कारवाही गर्छु । यी पाँच वटा रणनीतिमा केन्द्रीत भएर वहस चलाउन पत्रकार साथीहरुलाई आग्रह गर्छु ।’ कुँवरले लागूऔषधि नियन्त्रणका लागि भूमिका खेल्न आवश्यक कार्ययोजना सहितको विवरण उल्लेख गरिएको ब्रोसर महासंघ अध्यक्ष गिरीलाई हस्तान्तरण गर्दै सहकार्यका लागि स्थानीय सरकारहरुलाई आग्रह गरेका थिए ।  

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यम बहादुर मल्ल, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया लगायतले लागूऔषध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लियाकत अलि, निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालसहित करीब चार दर्जन पत्रकार सहभागी कार्यक्रमको सहजीकरण पत्रकार महासंघका कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गरेका थिए ।

May be an image of 4 people

No photo description available.May be an image of 7 people, people studying, newsroom and textMay be an image of 9 people and people studying


प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  २१:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP