prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते हुँदै, तयारी तीब्र
कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते हुँदै, तयारी तीब्र
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २५, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते हुँदै, तयारी तीब्र

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । नेपालगञ्जको भवानियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोर सिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मा लगायतका नेता गणहरु सहभागी हुने बताइएको छ ।  

May be an image of 7 people and text that says 'राष्ट्ियता लोकतन्न्र समाजवाद नेपाली काँग्रेस बाँकेको तेशरो जिल्ला सम्मेलन प्रमुख अतिथि मा. विश्व प्रकाश शर्मा महामन्त्री, नेपाली काँग्रेस तपसिल मिति 2079 चैत्र 20 गते शनिवार समय विहान 90 बजे स्थान:सिटीहल सिटीहल ने.ग.उ.म.न.पा. वार्ड 9ម भवनियापुर, बाँके आयोजक: नेपाली काँग्रेस जिल्ला कार्यसमिति, बारक'

सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति नारायण प्रसाद गौडेल, सांगठानिक प्रतिवेदन सचिव सुधांशु कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले प्रस्तुत गर्नेछन् । 

यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो । सभापति गौडेलका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिकता मान्यता पाउनेछ । 

जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधीन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् । 

त्यस्तै जिल्ला सम्मेलनमा सचिव कोइरालाद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भ्रातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेण्डा समेटिएका छन् । यसैगरी जिल्ला सम्मेलनमा कोषाध्यक्ष बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय-व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । 

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । तीन उपसमितिहरुले आफूले पाएको जिम्मेवारी अनुसार धमाधम काम गरिरहेको सभापति गौडेलले बताए ।  
 


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP