नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक छः डा. भण्डारी
कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक छः डा. भण्डारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २८, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक छः डा. भण्डारी

कोहलपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा 'क' र 'ख' बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज कोहलपुरमा सम्बोधन गर्दै डा. भण्डारीले जनआकांक्षा बुझेर जनतासंग जोडिन सके मात्र पार्टी मजबुत बन्ने बताएका हुन् । 

जनतामा छाएको निराशा हटाउनका लागि गम्भीर हुन जरुरी रहेको बताउँदै उनले सत्ता केन्द्रित राजनीतिले जनतामा असन्तुष्टि बढेको बताए । "पुरानै अनुसार र सत्ता राजनीतिको अस्वस्थ खेलले जनतामा निराशा छाएको छ, त्यसलाई बदल्न आवश्यक छ," डा. भण्डारीले भने-"त्यसका लागि हामी सबै तयार रहनुपर्दछ ।" उनले समानुपातिक निर्वाचन प्रणालीले एउटै अनुहारलाई पटक पटक अवसर दिँदा नयाँ अनुहार अगाडि आउने नसकेको टिप्पणी गर्दै त्यसमा पनि सुधार ल्याउन जरुरी रहेको उल्लेख गरे । 

May be an image of 1 person and text

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न तेस्रो सम्मेलनमा केन्द्रिय सदस्यहरु हृदयराम थानी, डा. गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए । 

त्यसक्रममा क्षेत्रीय कार्यसमितिको वेबसाइट पनि शुभारम्भ गरिएको थियो । यस्तै क्षेत्रीय कार्यसमितिले गरेका महत्वपूर्ण कामहरु समेटेर भिडियो सामग्री पनि देखाइएको थियो । क्षेत्रीय सभापति केसीले पार्टीलाई प्रविधिमैत्री बनाउन वेबसाइट बनाएर शुभारम्भ गरिएको बताए । उनले संगठनलाई गतिशील र चलायमान बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । 

May be an image of 11 people, temple, dais and text

सम्मेलनमा क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै प्रदेश सभा 'क' का कोषाध्यक्ष झुप बहादुर विष्टले आर्थिक प्रतिवेदन तथा प्रदेश सभा 'ख' का सचिव भिम पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सम्मेलनबाट पारित भएका छन् । कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गरेका थिए । सम्मेलनमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । 

May be an image of 4 people and text that says 'ते'

यसैबीच क्षेत्रीय कार्यसमितिले पत्रकार निर्मल आचार्यलाई प्रेस सल्लाहकार मनोनित गरेको छ । प्रमुख अतिथि डा. भण्डारी र क्षेत्रीय सभापति केसीले आचार्यलाई सम्मेलनमै नियुक्तिपत्र प्रदान गरेका थिए । 

May be an image of 5 people and text


प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP