नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार हत्याको निष्पक्ष छानविनका लागि आयोगलाई आग्रह
पत्रकार हत्याको निष्पक्ष छानविनका लागि आयोगलाई आग्रह
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २९, २०८१ बागेश्वरी पोस्ट
पत्रकार हत्याको निष्पक्ष छानविनका लागि आयोगलाई आग्रह

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको टोलीले आज राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज शाखामार्फत आयोगलाई महासंघका माग पूरा गराउन सरकारको ध्यानाकर्षण गर्नुका साथै घटनाको निष्पक्ष र स्वतन्त्र छानविनका लागि आग्रह गरेको हो । नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो । 

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हनन हुने गरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकार तथा क्षति पुगेका सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरुलाई कानुनी कारबाहीको माग गर्दै केन्द्रमा गृहमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई चैत १८ गते सात दिने अल्टिमेटम दिई ध्यानाकर्षणपत्र बुझाएको थियो । तर, सरकारले चासो र गम्भीरता नदेखाएपछि महासंघ आफ्ना माग पूरा गराउन निरन्तर आन्दोलनमा छ । अध्यक्ष गिरीले घटनाको निष्पक्ष छानविन भई दोषीमाथि कारबाही नहुँदासम्म आन्दोलन जारी रहने बताए । उनले प्रेसमाथिको आक्रमण सह्य नहुने बताए । महासंघ केन्द्रको सर्कुलर अनुसार बाँके शाखाले पनि आन्दोलन जारी राखेको गिरीले बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारीले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता हननको घटना आयोगको पनि चासोका विषय भएको भन्दै महासंघ बाँकेले पेश गरेको ज्ञापनपत्र आयोगमा पठाइने बताइन् । 

 


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP