prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वन मन्त्रालयद्वारा लुम्बिनीका ६ जिल्लाको विभिन्न वनको अनुगमन
वन मन्त्रालयद्वारा लुम्बिनीका ६ जिल्लाको विभिन्न वनको अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २९, २०८१ बागेश्वरी पोस्ट
वन मन्त्रालयद्वारा लुम्बिनीका ६ जिल्लाको विभिन्न वनको अनुगमन

नेपालगन्ज । वन तथा वातावरण मन्त्रालयको अगुवाईमा लुम्बिनी प्रदेशमा सञ्चालित सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिताबारे सरोकारवालाद्वारा अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको नेतृत्वको विज्ञ, सरोकारवालासहितको टोलीले तीन दिनमा ६ जिल्लाका विभिन्न वनको अनुगमन गर्दै उपभोक्तासँग अन्तरक्रियासहित आवश्यक राय लिएको छ ।  

अनुगमनको सुरुवात गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले वन व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिएको भन्दै सम्वद्ध सरोकारवालालाई प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए । टोलीले दाङको लमही-९ स्थित अमिलिया सामुदायिक वन, बाँकेको राप्ती सोनारी-२ स्थित जनमुखी सामुदायिक वन, शमशेरगञ्ज माथेवास चकला वन, बर्दियाको ठाकुबाबा नगरपालिका-३ स्थित खोदाउ सामुदायिक वन, कपिलवस्तुको शिवराज-३ स्थित देवीस्थान सामुदायिक वन, शिवराज ५ स्थित शिवराज साझेदारी वन, बुद्धभूमी १० स्थित तिलौराकोट साझेदारी वन, रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वन, सैनामैना-१० स्थित लुम्बिनी साझेदारी वन,  कन्चन सामुदायिक वन, नवलपरासीको रामग्रामस्थित बुद्धशान्ति साझेदारी वन आदिको अनुगमन गर्दै त्यहाँस्थित डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय उपभोक्ता समूहका पदाधिकारी, स्थानीयवासी लगायतसँग अन्तरक्रिया गरेको थियो । 

अनुगमन गरिएका वनहरुमा सामुदायिक वन, साझेदारी वन, चकला वन र संरक्षित बनहरु छन् । विरुवा उमार्ने, रोपण गर्ने, गोडमेल, काँटछाट गर्ने (हुर्काउने), उमेर पुगेको रुखलाई कटान गर्ने लगायतको प्रणालीलाई वन सम्बर्द्धन प्रणाली भनिन्छ । लुम्बिनी प्रदेशमा संचालित सो प्रणालीको अवस्था, प्रगति, चुनौती, अवसरको अध्ययनसँगै भावी रणनीति तयारीका लागि पनि अनुगमन गरिएको मन्त्रालयले जनाएको छ ।  

वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफलेले वन व्यवस्थापनले वनको समग्र संरक्षण, राज्यको आम्दानीमा वृद्धि , वन्यजन्तु संरक्षण, वातावरणीय सुधार, स्थानीयलाई रोजगारी लगायतको फाइदा र अवसर प्राप्ति हुने बताए । 
अनुगमन टोलीमा कृषि, वन तथा वातावरण समितिका सभापति सांसद विश्व प्रेम पाठक, वन निर्देशनालयका महानिर्देशक यज्ञमुर्ति खनाल, योजना महाशाखा प्रमुख प्रभात सापकोटा, कृषि, वन तथा वातावरण समितिका सदस्य, वन अधिकृत, पत्रकार लगायत रहेका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP