prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्व राजालाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन विश्वप्रकाश शर्माको चुनौती
पूर्व राजालाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन विश्वप्रकाश शर्माको चुनौती
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ३०, २०८१ बागेश्वरी पोस्ट
पूर्व राजालाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन विश्वप्रकाश शर्माको चुनौती

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउन चुनौती दिएका छन् । शर्माले निर्वाचनबाट दुई तिहाई ल्याई संविधान संशोधन गरेर राजसंंस्था फर्काउन चुनौती दिएका हुन् । 

paribartan 1

नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज नेपालगञ्ज-१४ भवानियापुरस्थित सिटी हलमा सम्बोधन गर्दै महामन्त्री शर्माले आफ्नै कर्मले राजाको विदाई भएको भन्दै हिंसात्मक आन्दोलन गरेर राजसंस्था नफर्कने बताए । "आफू चुनाव लड्न नआए अरुलाई उठाएर दुई तिहाई सांसद जित्नुस्, संविधान संशोधन गर्नुस् अनि राजसंस्था फर्काउनुस्, उनले भने- "तर, राजसंस्थाको रेल छुटिसकेको छ, अब त्यो सम्भाबनै छैन ।" 

महामन्त्री शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताए । उनले २०८४ को चुनावपछि महाधिवेशन हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे । शर्माले पार्टीभित्रको अन्तर्घात अन्त्य गरी अब अन्तर-विश्वासको नवीन कांग्रेस बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान समेत गरे । 

महामन्त्री शर्माले सरकारको ध्यान सडकको प्रदर्शन भन्दा पनि राम्रो काम गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन गर्न गम्भीरता देखाउनुपर्नेमा आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय नभएको टिप्पणी गरे । शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । उनले निरन्तररुपमा यसको वकालत गर्दै आएका छन् । 

सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता-कार्यकर्ता इमान्दार र अनुशासित भए मात्रै पार्टी मजबुत बन्ने बताए । उनले केही भएको छैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै त्यसमा सत्यता नभएको जिकिर गरे । केन्द्रीय सदस्य दीपक गिरीले सरकारले संविधान संशोधनको एजेण्डा बोके पनि त्यसतर्फ केन्द्रित हुन नसकेको टिप्पणी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी लगायतका विषयमा गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए । 

सम्मेलनलाई केन्द्रिय सदस्यहरु मैकुलाल बाल्मिकी, डा. गोपाल दहित, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सम्बोधन गरेका थिए । यस्तै लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य लक्ष्मी नारायण शाह, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाल मगर संघका केन्द्रीय सहमहामन्त्री उमा थापा मगर, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले मन्तव्य व्यक्त गरेका थिए । 

May be an image of 6 people, temple, dais and text that says 'राष्ट्यना लोकतत्त्र समाजबाद नेपाली कांग्रेस बाँके तेसो जिल्ला सम्मेलन-श શ० मिति ನెಂದಿ चैत्र ဒဲ့ गते, शनिबार स्थान नेपालगद्द सिटी हल, भवनीयापुर-१४ बॉँके ዝ ANTES たごす'

त्यसअघि जिल्ला सभापति नारायण प्रसाद गौडेलले नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन पारित भएको छ । सम्मेलनमा पार्टीका निवर्तमान प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, वरिष्ठ पत्रकार जे. पाण्डेसहित स्वतन्त्रता सेनानी, पूर्व जनप्रतिनिधि, जग्गादाता, उत्कृष्ट जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो । 

त्यसक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस बाँके तथा नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो समेत विमोचन गरेका थिए । सम्मेलनमा जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सचिव कोइरालाले गरेका थिए । सभापति गौडेलको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो । 

May be an image of crowd


प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP