नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • समाज बनाउने दायित्व सबैको होः मन्त्री तिमिल्सिना
समाज बनाउने दायित्व सबैको होः मन्त्री तिमिल्सिना
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १५, २०८२ बागेश्वरी पोस्ट
समाज बनाउने दायित्व सबैको होः मन्त्री तिमिल्सिना

नेपालगञ्ज । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज बनाउने दायित्व सबैको भएको बताएका छन् । हरित प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्वन्धि नेपालगञ्जमा आज आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले समाज बनाउने दायित्व नविर्सन आग्रह समेत गरे । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उनले आफ्नो हठ त्यागेर समाज बनाउने अभियानमा लाग्न सुझाव दिए । ‘यहाँ ठूलो बौद्धिक समूह हुनुहुन्छ । सबैलाई मेरो आग्रह छ । हामी सबैले हामीभित्रको हठ र म मात्रै निपूर्ण छु भन्ने भावना त्यागेर समाज बनाउने दायित्व सम्झिन आग्रह गर्दछु ।’ विशेषगरी शिक्षकहरुको सामाजिक दायित्व बढी भएको उनले बताए ।

‘शिक्षक भनेको समाजको ऐना हो,' उनले भने–‘शिक्षकले महिला हिंसा विरुद्ध, बालबालिकालाई विद्यालय ल्याउने सवालमा, किसानलाई असल किसान बनाउने सवालमा, मजदुरलाई सक्षम मजदुर बनाउने सवालमा, व्यवसायीलाई सफल व्यवसायी बनाउने सवालमा मेरो जिम्मेवारी छ । मेरो कर्तब्य हो भन्ने कुरा शिक्षकले बुझ्न आवश्यक छ ।’ उनले शिक्षण सिकाई र सीपलाई प्रभावकारी गराउन आवश्यक रहेको पनि बताए । ‘सीप सिकेर मात्रै पनि हुँदैन,' उनले भने–‘त्यसको उपयोगिता र व्यवहारिकता पनि हेर्नुपर्छ । अब सीप सिकेर त्यसको प्रयोग भएन भने उपलब्धि हासिल हुन सक्दैन । यसतर्फ पनि सबैले ध्यान दिन आवश्यक छ ।’ मन्त्री तिमिल्सिनाले हरिता शिक्षा प्रबद्र्धनका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला पक्षलाई आग्रह पनि गरेका थिए । उनले प्राविधिक शिक्षाका माध्यमबाट जलवायुमैत्री वातावरण कायम गर्नका निमित्त त्यस खालका कार्यक्रमलाई प्राथमिकता दिन पनि आग्रह गरे ।

अभिमुखीकरण सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णु पन्थीको अध्यक्षतामा भएको हो । उपसचिव पन्थीले हरित शिक्षा, हरित अर्थतन्त्र, हरित उत्पादन प्राथमिकता दिँदै कार्वन उत्सर्जन न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए । उनले भने–‘दिगो विकास तगा वातावरणीय सचेतनाको अभ्यासलाई प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका सम्पूर्ण प्रक्रियामा आन्तरिकीकरण गर्ने प्रक्रिया हो । विद्यार्थीलाई हरित रोजगारीको प्राप्तिमा सहजीकरण गरी हरित उत्पादन तथा हरित उद्यमशीलता विकासमा सहजीकरण गर्दछ ।’

उनले प्राविधिक शिक्षालाई जलवायुमैत्री बनाउन अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको पनि बताए । प्राविधिक शिक्षा संचालन भएका विद्यालयका प्रअ, शिक्षक, पालिकाका शिक्षा शाखा प्रमुख लगायतलाई अभिमुखीकरण गरिएको पनि उनले बताए । कार्यक्रममा प्रदेश सभा सदस्य सुशिला नेपाली र मिना सिद्दिकी, सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP