नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकारहरुका लागि फिचर लेखन तालिम ठाकुरद्वारामा सुरु
पत्रकारहरुका लागि फिचर लेखन तालिम ठाकुरद्वारामा सुरु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १७, २०८२ बागेश्वरी पोस्ट
पत्रकारहरुका लागि फिचर लेखन तालिम ठाकुरद्वारामा सुरु

ठाकुरद्वारा (बर्दिया) । पत्रकारहरूका लागि क्षमता विकास सम्बन्धि दुई दिने फिचर लेखन तालिम ठाकुरद्वारामा सुरू भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजना र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आर्थिक सहयोगमा दुई दिने तालिम आजदेखि सुरू भएको हो ।

तालिमको नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सविन प्रियासनले गमलामा जल चढाउँदै उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले पत्रकारहरू टुटफुट नभई सबै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । अहिले पत्रकारिता क्षेत्र व्यापक अफ्ठ्यारोेमा रहेको उनको भनाई छ । वर्तमान अवस्थामा जर्जर रहेकाे पत्रकारिता क्षेत्र बलियाे बनाउन सबै लागिपर्नु पर्नेमा उनले जाेड दिए । दिन प्रतिदिन सञ्चार माध्यम बन्द हुनु र पत्रकारहरू विदेशिने गरेकाे भन्दै उनले चिन्ता व्यक्त गरे ।पत्रकारिता क्षेत्रमा समस्या समाधनकाे लागि छलफल र बहस गर्न जरूरी रहेको उनले बताए । अहिले अप्ठ्यारोमा परेको पत्रकारिता क्षेत्रलाई उकास्ने दायित्व पनि सरकारकाे रहेको उनले जानकारी दिए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाचार र फिचर लेख्न नसकेकै कारण कतिपय पत्रकारहरूले समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । पत्रकारिता क्षेत्रमा लेखन शैली अति महत्त्वपूर्ण रहेको उनले बताए । निर्वाचित भएपछि जिल्ला-जिल्लामा धन्यवाद ज्ञापन गर्न जाँदा आएको सुझाव अनुसार बर्दियाबाट फिचर लेखन तालिम सुरू भएको उनले बताए । १२ वटै जिल्लामा आवश्यकता र मागकाे आधारमा फरक-फरक तालिम प्रदान गरिने उनकाे भनाई छ । फिचर लेखनका पनि विभिन्न तरिका रहेकाले लेख्न सके पत्रकारिता क्षेत्रमा टिक्न सहज हुने उनले बताए । 

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूप्रति उठ्ने गरेको प्रश्नकाे उत्तर समाचार लेखेर दिनुपर्ने बताए । पछिल्लो समय महासंघले विभिन्न खालका विज्ञप्ति निकाल्नु परिरहेको बताउँदै उनले पत्रकार स्वयंले पनि आचारसंहिता पालना गर्नुपर्नेमा जाेड दिए । पत्रकारिता क्षेत्रमा लामाे समयसम्म टिक्न लेख्ने कलाकाे विकास गर्न जरुरी रहेको उनकाे भनाई छ । दुई दिने तालिमले फिचर लेखनमा नयाँ उर्जा र आयाम थप्ने विश्वास लिएको उनले बताए ।

कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय कपिपेस्ट गर्ने बानीकाे हाबी भएकोले त्यसलाई अन्त्य गरी आफैं लेख्न सक्ने हुनुपर्नेमा जाेड दिए । तालिम उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष एवम् तालिम प्रशिक्षक डा. सुदिप गौतम, प्रेस सेन्टर लुम्बिनी अध्यक्ष प्रदिप वाग्ले, प्रशिक्षक शंकर खनाल लगायतले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी सचिव गोविन्द शर्माले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बर्दिया अध्यक्ष निर्मल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन महासचिव पाण्डव शर्माले गरेका थिए ।सो अवसरमा पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे भित्तेपात्रो बिमोचन गरिएको थियोे । तालिममा बाँके र बर्दियाका ४५ जना पत्रकारहरू सहभागी रहेका छन् । प्रशिक्षकका रूपमा डा. गौतम, टीका बस्नेत र खनाल रहेका छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP