नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना बनाइँदै
नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना बनाइँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना बनाइँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले नगरका ३० वटा विद्यालय छनौट गरेर बृहत् विद्यालय सुरक्षा सम्बन्धि विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार गर्ने नीति लिएको छ । जस अनुरुप फोकल शिक्षकहरुको दुई दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर ।।) को प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिर प्रताप सिंहले विपदजन्य जोखिम न्यूनीकरणमा विद्यालयहरुलाई सबल र सक्षम बनाउन प्रशिक्षण कार्यक्रम सफल हुने विश्वास ब्यक्त गरे । शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले विपदमा विद्यालयले अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे फोकल शिक्षकहरुले आर्जन गरेको ज्ञान र सीप विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनमा उपयोगी हुने बताए । प्रशिक्षक एवम् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का सुशिल पण्डितले भूकम्प लगायत अन्य विपदका घटनाहरुमा विद्यालयले ध्यान दिनुपर्ने र पूर्व तयारी गर्नुपर्ने विषयहरुमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए । 

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिृकत रुपन ज्ञवालीका अनुसार तालिमबाट फोकल शिक्षकहरुले भूकम्प, आगलागी लगायत विपद व्यवस्थापनबारे जानकारी हासिल गर्नेछन् । आफूले हासिल गरेको ज्ञान र सीपका आधारमा योजना बनाई शिक्षा महाशाखामा पेश गर्नेछन् । ज्ञवालीका अनुसार बृहत् विद्यालय सुरक्षा सम्बन्धि योजना तयार गर्ने तथा विद्यालयमा सचेतना प्रबद्र्धन गर्ने उद्देश्य प्रशिक्षण कार्यक्रमको छ । शिक्षा महाशाखाका शिक्षा अधिकृत डिल्ली आचार्यले पहिलो चरणमा फोकल शिक्षक र दोस्रो चरणमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई पनि प्रशिक्षण दिइनेछ । सुपरका राजु अधिकारीले विद्यालय केन्द्रित विपद सुरक्षा योजना निर्माणमा प्राविधिक सहयोग गरेको बताए । 

प्रशिक्षण कार्यक्रममा एनसेटका सुशिल पण्डित, युनिसेफ नेपालका मिना मजाकोटी, कालिका स्वावलम्बन सामाजिक केन्द्रका गोपाल भण्डारीले सहजीकरण गरेका छन् ।

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP