नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी
अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ५, २०८२ बागेश्वरी पोस्ट
अनलाइन टिभी पत्रकार संघ लुम्बिनीको अध्यक्षमा अधिकारी

नेपालगन्ज । अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आज नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरको हो । जसको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा साबित्री गिरी, सहसचिवमा मन बहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा चन्द्रेश्वर त्रिपाठी, इरफान अली, कुशल बिक र स्वेता गिरी निर्वाचित भएका छन् । ११ जना कार्यसमिति मध्ये एक जनालाई नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ ।

कार्यसमिति चयन अगाडि डिजिटल मिडियामा एआईको प्रयोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उद्घाटन गरिएको थियो । अनलाइन टिभी पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले यो समय डिजिटल मिडियाको भएकाले अबको दिनमा डिजिटल मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रमको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले अनलाइन टिभीमार्फत आउने बिषयबस्तुलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिए ।

कार्यक्रममा विशिष्ट अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डिजिटल मिडियामा एआईको प्रयोग हुनु राम्रो कुरा भएता पनि पत्रकार सधैं सृजनशील बन्नुपर्ने सुझाव दिए । उनले समाजिक बिषयको उठान गरी विकासमा साझेदारी गर्न अनलाइन टिभीले राम्रो भूमिका निभाउन सक्ने बताए । यस्तै  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले लुम्बिनी प्रदेशले डिजिटल मिडियामा कार्यरत पत्रकारका लागि तालिम संचालन गरिरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आजको युग डिजिटल पत्रकारिताको युग भएकाले अनलाइन टिभी पत्रकार संघले गरिरहको कार्यलाई सबै पत्रकार माझ पुर्याएर पत्रकार आचारसंहिताबारे जानकारी दिन सुरु गरेको यो अभियानको प्रशंसा गरे । उनले मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिए ।

कार्यक्रममा एआई प्रयोगबारे तालिमको सहजीकरण गरेका अनलाइन टिभी पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले एआईको प्रयोग गरेर पत्रकारिता गरेमा समयको बचत हुनुका साथै पत्रकारको कामको गुणस्तर राम्रो हुने बताए । उनले देशब्यापीरुपमा अनलाइन टिभीमा कार्यरत पत्रकारहरुलाई पत्रकार आचारसंहिताबारे जानकारी गराउँदै डिजिटल मिडियाका सामग्रीहरुलाई थप परिस्कृत बनाउने अभियानमा देशब्यापी दौडाहामा रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजकुमार जीटी, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायत बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ लगायत सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अनलाइन टिभीमा कार्यरत ६० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP