नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरमा सञ्चालित तीन दिने ‘बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता’ तालिम सम्पन्न
कोहलपुरमा सञ्चालित तीन दिने ‘बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता’ तालिम सम्पन्न
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ६, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा सञ्चालित तीन दिने ‘बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता’ तालिम सम्पन्न

नेपालगञ्ज । बाँकेको कोहलपुरमा सञ्चालित तीन दिने ‘बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता’ तालिम मंगलबार सकिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेले तालिम आयोजना गरेको हो । तालिममा कोहलपुर क्षेत्रका ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम र रुद्र सुवेदी, अग्रज पत्रकारहरु कृष्ण अधिकारी, डक्ट धिताल, प्रियास्मृति ढकाल, रुपा गहतराज र कमल खत्रीले सहजीकरण गरेको नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले बताए । तालिममा विकास पत्रकारिता, स्वास्थ्य पत्रकारिता, पत्रकारितामा महिला मुद्दा, खोज पत्रकारिता, खेलकुद पत्रकारिता, शिक्षा पत्रकारिता, प्रेस नीति शास्त्र र पत्रकार आचारसंहिता विषयमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियो । 

May be an image of 6 people, dais, temple and text

तालिम समापन समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै नेपालमा अब विधागत पत्रकारिताको खाँचो र आवश्यकता बढ्दै गएको भन्दै एउटै विषयमा पोख्त हुनु उपयुक्त हुने सुझाव दिइन् । उनले कोहलपुर नगरपालिका पत्रकार र मिडियाको विकासका लागि संवेदनशिल रहेको बताइन् । सञ्चार नीति बनाउँदै गरेको उल्लेख गर्दै उनले त्यसलाई छिट्टै पूर्णता दिई कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा उपमेयर सुवेदी र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीलाई मायाको चिनो र सहजकर्ताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

May be an image of 3 people, dais and text that says 'सजवारकर्मीहरुको क्षमता अल्रिबद्र कार्यत्रम लि् कारिता तथा पत्र चारसंहिता यक 3 दि लिम मिति จ่ดงสก साल जेठ မ B दे स्थान कोहलपुर पार्टी ए MEPALE 自品 शलाकको सानधज्) विन् पंথ र्बाके MEPALAS'

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गिरीले तालिममा सिकेको कुरालाई ब्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले समालोचात्मक ढंगले मिडिया कर्म हुनुपर्ने समेत बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले तालिमले आचारसंहिता पालनामा पत्रकारहरुलाई गम्भीर बनाउनुका साथै बीट पत्रकारिताको अभ्यासमा सहजता ल्याउने विश्वास ब्यक्त गरे । उनले बाँके शाखाले सिर्जनशील कामहरु गरिरहेको भन्दै सराहना गरे । 

बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकास गर्दै विधागत क्षेत्रमा सीप प्रबद्र्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । मोफसलमा एक जना पत्रकारले सबै विषयमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै गिरीले पत्रकारहरुको क्षमता विकासका लागि तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । उनले पत्रकारहरुले आचारसंहिता पालनामा गम्भीरता देखाई मर्यादित, विश्वसनीय र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए । समापन कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुनिल रेग्मीले गरेका थिए । 

तालिमको गत आइतबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले कोहलपुर नगरपालिका नेपाल पत्रकार महासंघसंग संस्थागत सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले कोहलपुर नगरपालिकाभित्र रहेका सञ्चारकर्मी र मिडियाको विकास र प्रबद्र्धनमा आफूहरु संगै रहने समेत बताएका थिए । 

May be an image of ‎6 people, people smiling, dais and ‎text that says '‎कर्मिहकुके सनत आभिमा ारिता गरितातथापत्रकार तथा पत्रकार না 3oBTo3и س n‎'‎‎May be an image of 4 people, dais and textMay be an image of 5 people, dais and textMay be an image of 3 people, dais and text


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
माहुरी होमले ग¥यो नेपालगञ्जमा कार्यशाला गोष्ठी
माहुरी होमले ग¥यो नेपालगञ्जमा कार्यशाला गोष्ठी
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP