prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न नेपालगन्जमा परामर्श गोष्ठी
तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न नेपालगन्जमा परामर्श गोष्ठी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न नेपालगन्जमा परामर्श गोष्ठी

नेपालगंज । तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्व कार्यलाई संस्थागत गर्न क्षमता चुनौती र अवसरहरुको आँकलन गर्ने सन्दर्भमा सरोकारवालाहरुको परामर्श गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको अगुवाईमा तयार हुन लागेको मार्ग चित्रमा यसअघि कार्यक्रम संचालन गरिएका सहरहरु विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गरी गोष्ठीबाट आएका सुझावहरुलाई समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, उर्जा, सिंचाई, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) बाट भएको असर र आगमी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव लिइएको छ । 

नेपालगंज सहर र आसपासका बस्तीहरुमा ट्युवेलबाट पानी आउन छोड्दै गरेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोटविरुवा विनास भइरहेको, जाथाभावी समरसेल बोरिङ्ग जडान भएको, भवन र सडक वातावरणमैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आइरहेको, दिनप्रतिदिन तापक्रम बृद्धि भइरहेको र चिसो घट्दै गएको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनुका साथै मृत्यु समेत भएको तथ्य सरोकारवालाहरुले औंल्याएका थिए । 

नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगंजको केही वडाहरुमा नमूनाका रुपमा तातो हावा (लु) लहर जोखिम न्यूनीकरणका गतिविधि संचालन भएको बताउँदै मन्त्रालयबाट प्राप्त हुने बजेट सशर्त हुने भएका कारण चाहेर पनि (लु) सम्बन्धि गतिविधिहरु व्यापक गर्न नसकेको उल्लेख गरे । 

नेपालगंज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले तातो हावाको लहरबाट बच्नका लागि नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा प्रचारप्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रंगले पेन्टिङ्ग गरिएको र बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण कार्य जारी रहेको लगायत गतिविधि संचालन हुँदै आएको बताए ।

अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम संचालन भइरहेको छ । गोष्ठीमा फोरम फर इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट काठमाण्डौका प्रमुख बुद्धि कुमालले सहजीकरण गरेका थिए । 

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्द्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, नेपालगंज उपमहानगरपालिका विपद् शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघ विपद व्यवस्थापन संयोजक टिकामणि उपाध्याय, विषयगत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रेडक्रस बाँके शाखाका उपनिर्देशक दोलख बहादुर डाँगीले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP