Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बढैयाताल गाउँपालिकामा योग समिति नेपालको ४०औं योग केन्द्र उद्घाटन
बढैयाताल गाउँपालिकामा योग समिति नेपालको ४०औं योग केन्द्र उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
बढैयाताल गाउँपालिकामा योग समिति नेपालको ४०औं योग केन्द्र उद्घाटन

नेपालगञ्ज । बाँके जिल्लामा दर्ता भएको पहिलो र एक मात्र आधिकारिक योग संस्था योग समिति नेपालले आज बर्दियाको बढैयाताल गाउँपालिकाको ८ नम्बर वडामा ४०औं योग केन्द्रको शुभारम्भ गरेको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु आयुर्वेदाचार्य गिरिराज शर्मा भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा योग समिति नेपालका केन्द्रीय सल्लाहकार, केन्द्रिय समितिका पदाधिकारीहरू, ४०औं योग केन्द्र ब्यवस्थापन समितिका प्रमुख संयोजक कमला ओली क्षेत्री, संयोजक निर्मला आचार्य लगायत सम्पूर्ण सदस्यहरू, सम्पूर्ण केन्द्रका संयोजक, विभिन्न केन्द्रबाट उपस्थित योग प्रशिक्षक, समाजसेवी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र योग गुरू भट्टराईले पानसमा बत्ती बालेर उक्त केन्द्रको शुभारम्भ गरेका थिए । विशिष्ट अतिथि वडा नम्बर ८ का अध्यक्ष  चेतनाथ पौडेल रहेका थिए । स्वागत मन्तव्य निर्मला आचार्यले गरेकी थिइन् भने वडा अध्यक्ष पौडेलले शुभकामना मन्तव्य राख्दै योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता र गर्विलो योग परम्पराको खुलेर प्रशंसा गरे । कार्यक्रमको मूल उद्देश्य योग प्रशिक्षक क्षेत्रीले प्रकाश पारिन् ।

गाउँपालिका अध्यक्ष त्रिपाठीले यसरी आफ्नो गाउँपालिकामा योग केन्द्र खोल्न पाउनु गर्वको बिषय भएको बताए । उनले विहानको सुतेर जाने समयलाई खेर जान नदिई सबै जना उपस्थिति भई योग गर्न आग्रह गरे । कार्यक्रम सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य भट्टराईले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गरेका थिए । उनले शरीर मात्रै बलियो हुनु स्वस्थ नहुने भन्दै शरीर, मन, मस्तिष्क र समाजसँगको सन्तुलन नै साँचो स्वस्थता भएको स्पष्ट पारे ।  

त्यस्तै  ४०औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ । प्रमुख संयोजकमा योग प्रशिक्षक क्षेत्री, संयोजक आचार्य, सह-संयोजक शमशेर मल्ल तथा सदस्यहरूमा गीता केसी, शोभा अधिकारी, उक्त मल्ल, निलम गौतम, पार्वती थारु, पार्वती चौधरी, साबित्रि भट्टराई, मञ्जु पौडेल, कृष्ण कँडेल, रश्मी न्यौपाने, शेषकान्त सुवेदी तथा सल्लाहकारहरूमा गाउँपालिका अध्यक्ष त्रिपाठी, वडा अध्यक्ष पौडेल, वडा सदस्य डिल्लीराम गौतम छन् । 


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP