Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु
राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १४, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा आजदेखि तीन दिने तालिम सुरु भएको महासंघका सचिव कृष्ण ओलीले जानकारी दिए ।

तालिमको सुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले मुलुक परिवर्तनमा नेपाली पत्रकारिताहरुको योगदान महत्वपूर्ण रहेको बताए । यो तालिमले स्थानीय सरकारको सुशासन र जवाफदेहिता बढाउन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । उनले चौतर्फी नकारात्मक प्रवृत्ति बढिरहेका बेला पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाहका लागि भूमिका खेल्न पनि आग्रह गरे । पछिल्लो समय नकारात्मक प्रवृत्तिको पीडा जनप्रतिनिधिले खेप्दै आएको पनि उनले गुनासो सुनाए । उनले तथ्यपरक आलोचना गर्न सुझाव दिए । तर, पूर्वाग्रही भएर आलोचना गर्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने उनले बताए । उनले आगामी आर्थिक वर्षका लागि सञ्चार नीतिका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पालिकाले गर्दै आएका सकारात्मक कामहरुलाई पनि मिडियामार्फत प्रचार गरिदिन आग्रह गरिन् । उनले नकारात्मक कुरा मात्र नभएर सकारात्मक कुराहरु पनि मिडियाहरुले उठाउनुपर्ने सुझाव दिइन् । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले पत्रकारिताका माध्यमबाट राप्तीसोनारीको पहिचानमा सघाउन आग्रह गरे । वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले सुशासन र विकासका लागि पत्रकारिता आवश्यक रहेको बताए । उनले पत्रकारिताका माध्यमबाट सत्यतथ्य कुराहरु बाहिर ल्याउन पनि आग्रह गरे । आधारभूत तालिम सिकेर त्यसलाई व्यवहारिक जीवनमा लागू गर्न पनि आग्रह गरे । त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष मिन कुमार थारुले सीप सिक्न पाउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए । उनले क्षमता अभिवृद्धिका लागि पैसासँग तुलना गर्न नहुने भन्दै प्राप्त सीपलाई व्यवहारमा उतार्ने गरी लाग्न सुझाव दिए । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थानीय तहमा पत्रकारहरुको उत्पादनमा जोड दिएर आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको बताए । उनले तालिममा सहभागीहरुलाई नागरिक पत्रकारिताको माध्यमबाट पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने पनि बताए । उनले पत्रकारिताको सीप सिकेर मर्यादित पत्रकारिताको अपेक्षा समेत गरे । उनले स्थानीय सञ्चार नीति निर्माण गर्न पालिकासँग आग्रह गरे । पहिलो दिन पत्रकार शंकर खनाल र अर्जुन ओलीले प्रशिक्षण दिएका छन् ।

May be an image of 4 people, temple and textMay be an image of 10 people and text that says '回回'


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP