नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
बागेश्वरी पोस्ट
शनिबार, जेठ १७, २०८२ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिकामा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना एवम् राप्तीसोनारी गाउँपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिम जेठ १४ गते सुरु भएको थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले पत्रकारिता सशक्त र जिम्मेवार पेशा भएको भन्दै यसले समाजलाई सही दिशा निर्देश गर्नुपर्नेमा जोड दिए । सहभागी प्रशिक्षार्थीहरुलाई तालिम सिकेर पत्रकारितातर्फको यात्रा प्रारम्भ भएको बताउँदै उनले सक्षम र अनुशासित ढंगले अघि बढ्न आग्रह गरे । आफ्नो गाउँठाउँको विषयबस्तुलाई सही ढंगले उठान गर्नुपर्नेमा उनले जोड समेत दिए । अध्यक्ष पौडेलले अर्को बर्ष नेपाल पत्रकार महासंघसंगको सहकार्यमा एड्भान्स्ड तालिम आयोजना गर्ने पनि बताए । उनले पालिकाको सञ्चार नीति निर्मााण गर्नका लागि आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उपाध्यक्ष मनिषा सिंह थारुले सिकेको सीप र ज्ञानलाई ब्यबहारमा लागू गर्न आग्रह गर्दै मर्यादित पत्रकारिता अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् । अफबाह फैलाउने नभई सत्यतथ्य प्रसारका लागि पत्रकारहरु गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नयाँ पुस्तामा पत्रकारिताको भोक जगाउन आधारभूत तालिमले भूमिका खेल्ने बताए । उनले पत्रकारिताप्रति रुची भएका नव युवाहरुका लागि तालिमले सही मार्ग निर्देशन प्रदान गर्ने विश्वास ब्यक्त गरे । गिरीले आगामी नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन गाउँपालिकालाई आग्रह पनि गरे । तालिम आयोजना गर्न सहयोग गर्ने राप्तीसोनारी गाउँपालिका तथा सहजीकरण गर्ने प्रशिक्षक, प्रशिक्षार्थी लगायतलाई उनले धन्यवाद ज्ञापन गरे ।

तालिममा राप्तीसोनारीका ९ वटै वडाबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले बताए । प्रशिक्षार्थीहरुलाई अध्यक्ष पौडेल र उपाध्यक्ष थारुले प्रामाणपत्र प्रदान गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेको तर्फबाट अध्यक्ष गिरीले गाउँपालिकालाई मायाको चिनो प्रदान गरेका थिए । तालिममा पत्रकारहरु शंकर प्रसाद खनाल, प्रियास्मृति ढकाल, अर्जुन ओली, कमल डाँगी, विमला चौधरी र सावित्रि गिरीले सहजीकरण गरेका थिए ।

May be an image of 7 people and text

May be an image of 13 people and text that says 'राटता प्योनारी गाउपालिका आधारमूत पत्रकारिता तालिम बिंति ၁ सात जेठ देড়ি জ गटोराम्त स्सान राप्ती सोनारी माडंपलिकाको सभाहल. अगेया सहयोग राध्ती मारीमीया पइलिका и फअरिसয়नर आयोजक बेपाल नकर तहासंम រាធ់'May be an image of 5 people, people studying and people smiling


प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १६:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वडा वडामा 'विपद स्वयंसेवक तथा सूचक' तयार गर्दै सशस्त्र प्रहरी
वडा वडामा 'विपद स्वयंसेवक तथा सूचक' तयार गर्दै सशस्त्र प्रहरी
अनिश्चितकालीन यातायात बन्दको घोषणा
अनिश्चितकालीन यातायात बन्दको घोषणा
दरबार हत्याकाण्डको आज २४ वर्ष पूरा
दरबार हत्याकाण्डको आज २४ वर्ष पूरा
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP