नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २०, २०८२ बागेश्वरी पोस्ट
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा राजाहरुको चरित्र कहिल्यै पनि संवैधानिक बन्न नसकेको तीतो इतिहास साक्षी रहेको बताए । उनले प्रजातन्त्र कि राजतन्त्र भन्ने दुई वटा मात्र विकल्प रहेको बताउँदै नौजवानहरुलाई राजसंस्था इतिहासमा कहिल्यै पनि संवैधानिक बन्न नसकेको बुझाउन जरुरी रहेको उल्लेख गरे । 

महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देखिएको उकुसमुकुसबाट मुलुकलाई बाहिर निकाल्ने गरी कांग्रेस अघि बढ्न दृढ रहेको बताए । "बेला-बेलामा राष्ट्रिय शक्तिको भूमिका कांग्रेसले कुशलतापूर्वक निभाएको छ, त्यो पुष्टि भइसकेको छ," महामन्त्री थापाले भने-"देशमा अहिले उकुसमुकुसको अवस्था छ,  यसबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी पनि कांग्रेसको हो । उत्तेजना फैलाउने काम भइरहेको छ, तर कांग्रेस यही व्यवस्थालाई सुदृढ बनाएर अगाडि बढाउन दृढ छ ।"

थापाले पार्टीभित्र सबै नेता कार्यकर्ताको हैसियत एउटै भएको जिकिर गर्दै जिम्मेवारी र भूमिका मात्रै फरक रहेको बताए । "भुइँ तहमा बसेर काम गर्ने कार्यकर्ता पंक्ति पार्टीको सबैभन्दा ठूलो तागत हो, हामी सबैको हैसियत एउटै हो, सबै मिलेर पार्टी बनाउनुपर्दछ,' उनले भने । उनले कुनै कारणले पार्टी छोडेर गएकाहरुलाई पुनः कांग्रेसमा फर्केर आउन आह्वान समेत गरेका छन् । 

महामन्त्री थापाले चुनाव अघि र पछिको दुबै गठबन्धन नेपालमा नचलेको बताउँदै अब संविधान संशोधन गर्दा यो कुरालाई हेक्का राख्न जरुरी रहेको उल्लेख गरे । कांग्रेस-एमाले सरकार संविधान संशोधनको मुख्य वाचाका साथ बनेको स्मरण गराउँदै उनले त्यो वाचा विर्सिन नहुनेमा जोड दिए । थापाले अबको दशक 'विकास, उत्पादन र रोजगारी' को दशक हुनुपर्ने बताए । उनले कांग्रेसले भ्रष्टाचारमा मुछिएको कसैलाई पनि बचाउन नलाग्ने स्पष्ट समेत पारे । 

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँके तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) र (ख) क्षेत्र नम्बर २ बाँकेको आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, प्रदेश सभा (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरीले, (ख) का सचिव रोशन कुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र (ख) का कोषाध्यक्ष ललित कुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन क्षेत्रीय सचिव सुनिल सिंह हमालले गरेका थिए । सम्मेलनको अध्यक्षता क्षेत्रीय सभापति गुप्ताले गरेका थिए । 

यसैबीच वि.सं. २०७९ को निर्वाचन अघि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय नेताद्वय चन्तराम थारु र लक्ष्मण थारु पुनः कांग्रेसमा फर्किएका छन् । महामन्त्री थापाले दुबै जनालाई पार्टी प्रवेश गराएका हुन् । चन्तराम नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष र लक्ष्मण उपाध्यक्ष थिए । 

त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरेका थिए ।  सम्मेलनमा स्वास्थ्यकर्मी संघ बाँकेको टोलीले ३२५ जनाको नि:शुल्क चेकचाँच गरेको थियो । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP