नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण हुँदै
नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २२, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट (डब्लुटिएम) को तेस्रो संस्करण हुँदैछ । नाट्टा बाँकेको संयोजनमा 'नेपालगञ्जः गेट वे टु कर्णाली' भन्ने मूल सन्देशका साथ जेठ २४ गते शनिवारदेखि तीन दिने वेष्टर्न ट्राभल मार्ट हुन लागेको हो । 

नेपालगञ्जमा आज मार्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्ट आयोजक मूल समिति संयोजक एवम् नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जलाई कर्णाली प्रदेशको 'पर्यटन प्रवेशद्वार' को रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तब्य जिल्ला बनाउने लक्ष्य लिएको बताए । सिग्देलका अनुसार डब्लुटिएमको तेस्रो संस्करणमा भारतका महत्वपूर्ण पर्यटकीय सहरहरु बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर अपरेटरहरुको सहभागिता हुनेछ । यस्तै डेढ दर्जन भारतीय पत्रकार, ट्राभल टुर अपरेटर, ब्लगर, सोसल मिडिया, इन्फ्लुयन्सर र देशभरबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहनेछ । 

नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योग बाणिज्य संघ, होटल एसोसिएसन, होटल ब्यवसायी संघ बाँकेसंगको सहकार्यमा मार्ट हुन लागेको हो । कार्यक्रमका मुख्य आकर्षणहरुमा बी टु बी सेसन, टेक्निकल सेसन, परिचयात्मक भ्रमण, कर्णालीमा र्याफ्टिङ्ग, रैथाने खाना प्रदर्शनी, क्यासिनो भिजिट र होटल भिजिट लगायत छन् । 

संयोजक सिग्देलका अनुसार सहभागी टुर अपरेटर र पर्यटन व्यवसायीहरुबीच व्यवसायिक सम्बन्ध स्थापना र सहकार्यका लागि बी टु बी सेसन सञ्चालन हुनेछ । यस्तै पर्यटन क्षेत्रका नवीनतम् प्रबृत्ति, चुनौति र अवसरहरुबारे टेक्निकल सेसनमा छलफल हुनेछ । परिचयात्मक भ्रमणमा सहभागीहरुलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गराइने सिग्देलले जानकारी दिनुभयो । यसैगरी सहभागीहरुलाई कर्णालीमा र्याफ्टिङ्ग गराउने कार्यक्रम पनि छ । मार्ट अन्तर्गत् त्रिभुवन चोकमा स्ट्रिट फुडलेन पनि सञ्चालन गरिँदैछ । त्यसमा परम्परागत स्थानीय रैथाने परिकारहरुको प्रदर्शनी हुनेछ ।

डब्लुटिएमले नेपालगञ्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा नाट्टाका पूर्व केन्द्रिय अध्यक्ष अच्युत गुरागाईं, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट, नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP