prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रभावकारी वन व्यवस्थापनका लागि समुदायमा सचेतना बढाउनुपर्नेमा जोड
प्रभावकारी वन व्यवस्थापनका लागि समुदायमा सचेतना बढाउनुपर्नेमा जोड
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २३, २०८२ बागेश्वरी पोस्ट
प्रभावकारी वन व्यवस्थापनका लागि समुदायमा सचेतना बढाउनुपर्नेमा जोड

नेपालगञ्ज । बाँकेमा वन व्यवस्थापनका लागि समुदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल, चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरिएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी, चरिचरण, फोहोरमैलाको व्यवस्थापन, वन पैदावर र आयआर्जन लगायतका विषयमा सामुदायिक वनका उपभोक्ताहरु सबै जना सचेत नहुँदा सोचे अनुरुप उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।

डिभिजन वन कार्यालय बाँकेको वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरुबीच सवालजवाफ गरिएको थियो । कार्यक्रममा सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडलले सामुदायिक वनले पर्यटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई बलियो बनाउनुपर्ने बताए । यस्तै अर्का सहभागी आरती सामुदायिक वनका उपाध्यक्ष मुक्ति प्रसाद थारुले वनमा हुने चरिचरण रोक्न नसकिएको गुनासो गरे । साथै उनले वनपैदावर व्यवस्थापनमा पनि चुनौति थपिएको भन्दै समाधानका लागि सरोकारवालाहरु समक्ष प्रश्न गरे । यस्तै अन्य सहभागीहरुले वनलाई दिइने अनुदान कार्यक्रम, पर्यटनको सवालमा सामुदायिक वनले पाउने सहयोग, उपभोक्ता शिक्षा र वनको आयआर्जनको सवालमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुका सवाललाई सम्बोधन गर्दे डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले वन ब्यवस्थापन अन्तर्गत काठ दाउरा उत्पादन, ढलापडा काठ संकलन, झाडी ब्यबस्थापन र बन्यजन्तुको द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले डिभिजन वन कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरु र तालिमहरु संचालन गरी दिगो वन ब्यवस्थापन गर्ने काममा सहजीकरण गरिरहेको र आगामी दिनमा सामुदायिक वनको आवश्यकताका आधारमा कार्यक्रम गर्ने बताए । यस्तै अर्का सरोकारवाला कोहलपुर सब-डिभिजन वन कार्यालयका प्रमुख प्रभात दाहालले वनमा हुने चोरी तस्करी रोक्नका लागि अनुगमन गर्ने काम गरिरहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष साबित्रा पुनले सामुदायिक वनले समुदायको विकासमा खेलेको भूमिकालाई अझै रचनात्मक बनाउन जरुरी रहेको बताइन् । उनले यसका लागि समन्वयात्मक भूमिकामा जोड दिइन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य मनिसरा श्रेष्ठले सामुदायिक वनको दिगो ब्यबस्थापनका लागि पहल थाल्ने बताइन् । यस्तै सरोकारवाला सामुदायिक वन उपभोक्ता महासंघ नगर कमिटी कोहलपुरका अध्यक्ष किष्ण रानाले वन, वन्यजन्तु र जैविक विविधता कायम राख्नका लागि सामुदायिक वनहरुले बार्षिक कार्ययोजना निर्माणकै बेला विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सरोकारवाला निकायका ब्यक्तिहरु, संचारकर्मी र विभिन्न सामुदायिक वनका पदाधिकारी गरी ३१ जनाको सहभागिता रहको थियो ।

कार्यक्रमको सहजीकरण कृष्णसारकर्मी साबित्री गिरीले गरेकी थिइन् भने कार्यक्रममा समन्वय बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सृजना सामुदायिक वनले गरेको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP