prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २६, २०८२ बागेश्वरी पोस्ट
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरेको हो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरे । 

paribartan 1

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अहिलेको डिजिटल युगमा डिजिटल मिडियाको महत्व बढेको बताए । विष्टले पत्रकारितामा पछिल्लो समय स्वघोषित पत्रकारहरुको संख्या बढिरहेको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकतामा जोड दिए । उनले राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता स्वस्थ, निर्भिक र मर्यादित हुनुपर्ने बताए । उनले पत्रकारितालाई लोकतन्त्रको आधार स्तम्भको रुपमा चित्रित गर्दै पत्रकारिता डग्मगाउन नहुने उल्लेख गरे । नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चार नीति निर्माण गरेर कार्यान्वयनमा ल्याइसकेको बताउँदै आगामी दिनमा मिडिया सहकार्यलाई अझ फराकिलो र मजबुत बनाउने बताए । उनले नेपाल पत्रकार महासंघ बाँकेसंग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

May be an image of 7 people and text

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले अहिले पत्रकारहरुको पेशागत सुरक्षा मुख्य चुनौतिको विषय बनिरहेको बताए । पत्रकार स्वयं पनि यसमा सजग हुनुपर्नेमा उनको जोड छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले नेपालगञ्ज उपमहानगपालिकाले गरिरहेका असल काम र अभ्यासहरुको बारेमा लेख्न तथा कमीकमजोरीहरु औंल्याइदिन आग्रह गरे । 

नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकास गर्ने र पेशाप्रति जिम्मेवारीबोध गराउने उद्देश्यतले तालिम आयोजना गरिएको बताए । गिरीले तालिमलाई सिक्ने सिकाउने प्रक्रियाका रुपमा लिन आग्रह गर्दै तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । उनले डिजिटल मिडिया सम्बन्धि ज्ञान अभिबृद्धि गर्न तालिमले सहयोग पुग्ने समेत बताए । उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु निरज गौतम र झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

चार दिनसम्म चल्ने तालिम दुई चरणमा सञ्चालन हुनेछ । जेठ २६ र २७ गते पहिलो चरण र जेठ २८ र २९ गते दोस्रो चरणमा तालिम सञ्चालन हुनेछ । दुई चरणमा गरी तालिममा ८० जनाको सहभागिता रहनेछ । तालिममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र पत्रकार केपी ढुंगानाले सहजीकरण गरिरहेका छन् । ढुंगानाले डिजिटल मिडिया र दाहालले मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिनेछन् ।

May be an image of 10 people, lighting, table, dais and textMay be an image of 13 people, people smiling and text


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP