नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २९, २०८२ बागेश्वरी पोस्ट
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान

 

नेपालगञ्ज । बाँकेमा यस बर्ष विपदबाट २५ हजार घरपरिवारका डेढ लाख मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ । यही पूर्वानुमानका आधारमा तयार भएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ (उन्नाइसौं अद्यावधिक) लाई सुझाव र परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरिएको छ । 

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यसै योजनाका आधारमा विपद पूर्व तयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशन दिने निर्णय समेत गरेको छ । यस वर्षको मनसुन सुरु हुने अवस्थामा रहेकोले मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने १५ हजार परिवारको पूर्वानुमानका आधारमा तयार पारिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ लाई समेत अनुमोदन गरिएको छ । 

स्थानीय तहहरुले पनि मनसुन पूर्व नै मनसुन पूर्व तयारी तथा प्रतिकार्यको तयारीका लागि सरोकारवालाको सहभागितामा बैठक बसी योजना निर्माण गर्ने निर्णय पनि गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । यस्तै सबै स्थानीय तहहरुले अविलम्व आ-आफ्नो विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय भएको छ । 

मनसुनजन्य विपदका घटनाहरुलाई प्रभावकारी प्रतिकार्यका लागि योजनाहरुको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपदसँग सम्बन्धित कृत्रिम घटना अभ्यास नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, मानवीय सेवामा कार्यरत संघसंस्था, समुदायको सहभागिता तथा सबै पालिकाको समन्वयमा जेष्ठ ३० गते शुक्रबार विहान ७.३० बजे राप्ती नदीस्थित सिधनिया घाटमा गरिने भएको छ । 

बैठकमा गर्मीयामसंगै बाँकेमा आगलागी तथा 'लू' प्रतिकार्यका बारेमा छलफल पनि भएको छ । गर्मीयाममा हुन सक्ने आगलागी, डढेलो तथा 'लू' को प्रभावबाट जोगिन सवै सरोकारवालाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिने, आगलागी, डढेलो, हावाहुरी, 'लू'[ बाट जोगिन कार्ययोजना अनुरुपका गतिविधिलाई निरन्तरता दिने, अन्तरपालिका समन्वयमा दमकल सेवालाई थप प्रभावकारी बनाउन अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा स्थानीय सरकारका प्रमुख एवम् प्रतिनिधिसहित सम्बन्धित सरोकारवालाको उपस्थितिमा बैठक सम्पन्न भएको हो । 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १३:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP