prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करण आजदेखि सुरु
नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करण आजदेखि सुरु
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असार ४, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करण आजदेखि सुरु

नेपालगञ्ज । नेपालगञ्ज फोटो फेस्टिबलको चौथो संस्करण आजदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने फोटो फेस्टिबलको नेपाली कांग्रेसका सह-महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले यस वर्षको उत्कृष्ट फोटो खिचेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै राठौरले फोटो फेस्टिबलले फोटोग्राफीको महत्व, आवश्यकता र अपरिहार्यताको महत्वलाई उजागर गर्ने विश्वास ब्यक्त गरे । फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यम समेत भएको राठौरको भनाई छ । उनले यस्ता सिर्जनात्मक र रचनात्मक कामले समाजलाई सही दिशा निर्देश गर्ने बताए ।

nepalgunj 081-082

May be an image of 3 people and text that says 'LXIT Κc 450 4 % Nepalgunj PhotoFestival ម -ម असार શ०ত NATIONAL PHOTO CONTEST NEPAL-2081 बाट चुनिएका उत्कृष्ट फोटोहरुको प्रदर्शनी अवलोकन मर्न पाल्ुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वामत गर्ददौ'

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । फोटो फेस्टिबलमा राष्ट्रिय फोटो प्रतिष्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १ सय ११ फोटो प्रदर्शनीमा राखिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । 'संस्कृति, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटो एउटै थलोमा हेर्ने अवसर छ,’ अन्तरालका प्रमुख कार्यकारी शाहले भने-'निःशुल्क रुपमा फोटो हेर्ने व्यवस्था मिलाएका छौं ।’ बुधबार विहान ११ बजेदेखि साँझ ७ बजेसम्म र विहिबार ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिनेछ ।

फोटो फेस्टिबलमा फोटो प्रदर्शनीसंगै दुई दिने फोटोग्राफी तालिम पनि सञ्चालन गरिएको छ । प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगञ्ज, काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ । बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहरु छनौट गरेको हो ।

नेपालगञ्ज फोटो फेस्टिबल अन्तर्गत राष्ट्रिय फोटो प्रतिष्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस पटकको 'बर्ष फोटो' आर्यन धिमालले खिच्नुभएको जाजरकोट भूकम्पले क्षतिग्रस्त आफ्नो घर अगाडि रोइरहेकी महिलाको फोटो घोषित भएको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते विहिबार दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इ-सेवामा गएर भोट गर्न सकिनेछ ।

May be art of 1 person and text

यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरी प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने आयोजक अन्तरालले जनाएको छ ।

May be an image of 12 people, people standing and textMay be an image of 10 people, speaker, lighting and text


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP