नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ८, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” आज नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सम्पन्न भएको छ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले गरे भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गरेका थिए । 

सम्पन्न प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । गर्ल्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वरी स्कुल) तृतीय भए । त्यस्तै २५ मिटर फ्रीस्टाइल (गर्ल्स अन्डर–१०) तर्फ नित्याश्री दहित (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, कशिका गुरुङ (बागेश्वरी एकेडेमी) द्वितीय र मेघना बिष्ट (किड्स किङडम) तृतीय भए ।

ब्वाइज अन्डर–१० तर्फ संस्कार न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, सुमिक वाग्ले (शिखा एकेडेमी) द्वितीय र निर्भिक न्यौपाने (सोफिया स्कुल) तृतीय भए । ५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१२ तर्फ सुसान्त बोहरा (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम,  इभान्शु भट्टराई (शिखा एकेडेमी) द्वितीय र युनिक खड्का (शिखा एकेडेमी) तृतीय भए । ५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१२ तर्फ जेनिशा बुढाथोकी (सोफिया स्कुल) प्रथम, आँचल शर्मा (जीवन ज्योती स्कुल) द्वितीय र इशिका जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । ५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१४ तर्फ सकिरा रास्कोटी (बागेश्वरी स्कुल) प्रथम, सम्स्थिता गिरी (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र जिज्ञासा भुषाल (बागेश्वरी स्कुल) तृतीय भइन् ।

ब्वाइज अन्डर–१४ तर्फ वसन्त थारु (महाराजा मावि) प्रथम, अनमोल केसी (शिखा एकेडेमी) द्वितीय र प्रज्वल राना (शिखा एकेडेमी) तृतीय भए । ५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१७ तर्फ अमित रावल (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, अभियान श्रेष्ठ (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र विशेष सिंह (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए । ५० मिटर फ्रीस्टाइल मेन्स ४० प्लसतर्फ नेपालगंजका डा. सगुन श्रेष्ठ प्रथम, डा. बिपीन आचार्य द्वितीय र कंचन बहादुर श्रेष्ठ तृतीय भए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर बिष्टले विद्यालय तहदेखि पौडीजस्ता खेलकुदको प्रवर्द्धन गर्नु सकारात्मक कदम भएको उल्लेख गरे । उनले यस्ता प्रतियोगिताले बालबालिका तथा युवा माझ अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गराउने विश्वास व्यक्त गरे । साथै, पूर्व खेलाडी समाज बाँकेको प्रयास सराहनीय भएको उल्लेख गर्दै उपमहानगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष सिद्दिकीले विद्यालयस्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुची अभिवृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP