prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १६, २०८२ बागेश्वरी पोस्ट
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नेपालगञ्ज । राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाले पछिल्लो समय तीब्र गतिमा काम अघि बढाएको छ । बाँकेको ४३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउने उद्देश्यका साथ निर्माणाधीन आयोजनाले पछिल्लोपटक पश्चिम मूल नहरको छैठौं शाखा नहर निर्माण सम्पन्न गरेर पानी छोडेको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा निर्मित गुरुवागाउँ शाखा नहरमा आज पानी परीक्षण कार्य गरिएको छ । पानी परीक्षण कार्यको आयोजना प्रमुख राजु आचार्य, बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देब बहादुर रावत, वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन मगर, सिक्टा सिंचाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले संयुक्तरुपमा पानी छाडेर शुभारम्भ गरे । 

May be an image of 4 people and text

भैरब सुभानी जेभी काठमाडौंले तीन बर्षभित्र काम सम्पन्न गर्ने गरी २०८० चैत १८ गते सम्झौता गरेकोमा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ । २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो । ३७ करोड ८२ लाख ८४ हजार ७ सय ३५ रुपैयाँमा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताए । उनका अनुसार हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य फिनिसिंगको काम मात्र बाँकी छ । कुल ११ किलोमिटर लामो यो नहरबाट ७ हजार ८१ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्ने इन्जिनियर श्रेष्ठले बताए । गुरुवागाउँ नहरबाट एक लाख जनसंख्या लाभान्वित हुनेछन् । नहरमा पानी छोडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधाम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुनेछ ।

May be an image of 1 person

पश्चिम मूल नहरबाट ३३ हजार ७ सय ६६ हेक्टर जमिन सिंचाई सुविधा पु¥याउने लक्ष्य छ । आयोजना प्रमुख आचार्यले मुआब्जा दिएर नयाँ नहर बनाइएको बताए । आचार्यले स्रोत साधन व्यवस्थित तरिकाले प्रभावकारीरुपमा परिचालन गर्न सके समय अगावै काम सकिने सन्देश यो नहर निर्माण कार्यले दिएको बताए । अब यसपछि शाखा नहरको प्रशाखा र उपशाखा निर्माण गरिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार साहले जानकारी दिए । कार्यक्रममा आयोजनाका उपसचिव (लेखा) तुकमान पुन मगर, आयोजनाका इन्जिनियरहरु, ठेकेदार कम्पनीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । नहरमा पानी छोडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकन समेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउँछाउँमा तारजाली लगाइएको छ भने कतिपय स्थानमा सिंढी समेत बनाइएको छ ।

No photo description available.

राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको हालसम्म करीब आधा काम पूरा भएको छ । आर्थिक बर्ष २०६२/६३ देखि सिक्टा सिंचाई आयोजनाको काम सुरु भएको थियो । पहिलोपटक १२ अर्बको गुरुयोजना स्वीकृत भएर काम अघि बढेको थियो । उक्त गुरुयोजनामा राप्तीसोनारी-२ अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने कार्य योजना मात्रै थियो । विस्तारै आयोजनाको कार्य क्षेत्र बढ्दै गयो । पूर्वी नहर पनि थपियो । त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा-प्रशाखाहरु थप हुँदै गए । राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका कामहरु पनि थपिँदै गए । दोस्रो पटक २०७४ सालमा २५ अर्बको गुरुयोजना स्वीकृत भयो । पछिल्लो पटक फेरि २०७९ सालमा ५२ अर्बको गुरुयोजना स्वीकृत भएको छ । त्यसै अनुसार अहिले सिक्टा सिंचाई आयोजनाले काम गरिरहेको आयोजना निर्देशक आचार्यले बताए । 

May be an image of 10 peopleMay be an image of 5 people


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP