नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ३१, २०८२ बागेश्वरी पोस्ट
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताएका छन् । एनटिभी कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई आज कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा नभई परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, 'हामीले चौथो अंगको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं । तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।' प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उनले पत्रकारिता कल्याणकारी कोष, उपकरण बीमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिए । सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड मात्र नभई समृद्ध प्रदेश निर्माणको अभियानको अभिन्न साझेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमले जनविश्वास र सुशासन मजबुत पार्न सक्ने धारणा व्यक्त गरे ।

May be an image of 6 people and text

उनले भने-'प्रदेश सरकारको मूल उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याउनु हो । यस अभियानमा सञ्चार क्षेत्र हाम्रो सहयात्री हो ।' कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चार माध्यमको सहकार्य महत्वपूर्ण भएको बताए ।  एनटिभीलाई सञ्चार क्षेत्रको ब्राण्डको रूपमा बुझ्ने गरिएको बताउँदै उनले आगामी बर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिए ।

सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमलाई प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दुर्गा प्रसाद चौधरी, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्री, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भण्डारीलाल अहिर, प्रदेश सभा सदस्य सञ्जु चौधरी, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, प्रदेश सभा सदस्य मिना कुमारी श्रेष्ठ, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एनटिभी कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य दिँदै संस्थाको यात्रा र योगदानबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण एनटिभी कोहपुरका पुरुषोत्तम सापकोटाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी, विज्ञापनदाता तथा कार्यक्रम सञ्चालकलाइ सम्मान गरिएको थियो ।

May be an image of 9 people, dais, temple and text


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP