prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १, २०८२ बागेश्वरी पोस्ट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले गत आर्थिक बर्ष २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा कुल लगत २६४६ रहेकोमा २००४ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालत नेपालगञ्ज इजलासले जनाएको छ । जिम्मेवारी सरी आएका ७७४ र नयाँ दर्ता भएका १८७२ मुद्दा मध्ये जिम्मेवारी सरी आएका सबै र नयाँ मध्ये १२३० मुद्दा फछ्र्यौट भएका हुन् । योजनाको लक्ष्यको तुलनामा फछ्र्यौट प्रतिशत १२२.४२ रहेको छ । 

paribartan 1

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधिश चन्द्र बहादुर सारुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एक बर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको जानकारी दिइएको छ । मुख्य न्यायाधिश सारुले गत आर्थिक बर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएका बताए । गत आर्थिक बर्षमा ७१.४१ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए । अदातलको रेकर्ड अनुसार प्रत्येक बर्ष मुद्दा फछ्र्र्यौट दर बढ्दै गएको छ । फछ्र्यौट भएका मुद्दा मध्ये जबरजस्ती करणी १४८, लागूऔषध १५१, मानव बेचविखन तथा ओसारप्रसार २८, ज्यान सम्बन्धि कसुर १५५, सम्बन्ध विच्छेद ५०, अन्य मुद्दा १०६३ तथा रिट र निषेधाज्ञा ४०९ रहेका छन् ।

May be an image of 4 people and text

यसैगरी जिल्ला अदालत बाँकेले गत आर्थिक बर्ष २०८१/८२ मा ५९.६८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला न्यायाधिश भिष्मराज प्रसाईका अनुसार योजनाको लक्ष्यको तुलनामा ८९.५० प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । कुल ७८०४ मुद्दामा ४६५८ वटा मुद्दा फछ्र्यौट भएका छन् । जिल्ला अदालतमा दुई बर्ष नाघेका मुद्दा भने अझै ५३ वटा छन् । यस्तै बर्दिया जिल्ला अदालतमा ७६ प्रतिशत मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधिश मनोज श्रेष्ठले बताए । 

आर्थिक बर्ष २०८१/८२ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुख्य न्यायाधिश सारुले सबैभन्दा धेरै ९१३ वटा मुद्दा फैसला गर्दा मातहतको बाँके जिल्ला अदालतमा न्यायाधिश इन्द्र बहादुर कठायतले सबैभन्दा बढी ८११ र बर्दिया जिल्ला अदालतमा जिल्ला न्यायाधिश श्रेष्ठले सबैभन्दा बढी ९३४ वटा मुद्दा फछ्र्यौट गरेको तथ्यांक छ । यसैगरी २०८१/८२ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा उत्कृष्ट कार्य सम्पादन गरेका इजलास अधिकृत आँचल बगाले, नायब सुब्बा डम्बर विष्ट, तामेलदार प्रदिप चन्द र कार्यालय सहयोगी हरिश्चन्द्र खत्रीलाई पुरस्कृत गरिएको छ । 

पत्रकार सम्मेलनमा उच्च अदालत नेपालगञ्जका न्यायाधिशहरु सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी, बसन्तराज पौडेल, जिल्ला अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारी, उच्च अदालतका रजिष्ट्रार सपना अधिकारी लगायतको पनि उपस्थिति थियो ।

May be an image of 7 people and people studying


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP