prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता
मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ९, २०८२ बागेश्वरी पोस्ट
मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्यमा 'मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध' विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार जानकी-३ स्थित पौवा होटलमा सम्पन्न भएको छ । मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता जारी गरिएको छ । साझा प्रतिबद्धतामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले हस्ताक्षर गरेका छन् । बाँकेका उद्योगी-ब्यवसायी र जिल्लामा कार्यरत पत्रकारबीच बृहत अन्तरक्रिया कार्यक्रमबाट जिल्लाको उद्योग व्यवसाय क्षेत्रको उत्थान र यहाँको मिडियाको विकास र दिगोपनका लागि हातेमालो (सहकार्य) गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले मिडिया र निजी क्षेत्र समाजका दुई प्रभावशाली स्तम्भहरु भएको बताउँदै दुबै क्षेत्रको पारस्परिक सहयोग तथा सम्बन्धका माध्यमबाट आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा गहिरो प्रभाव पर्ने उल्लेख गरे । मिडियाको एक सशक्त आर्थिक स्रोत निजी क्षेत्र रहेको भन्दै उनले निजी क्षेत्रको उत्पादन र सेवाको प्रचार तथा ब्राण्ड निर्माणमा मिडियाको अहम् भूमिका हुने बताए । आपसी सहकार्यले नवप्रवर्तनमा टेवा पुग्ने उनको भनार्ई छ । गिरीले मिडिया र निजी क्षेत्रबीचको सम्बन्ध स्वभाविक, आवश्यक र अपरिहार्य रहेको बताए । सहकार्य स्वस्थ, सन्तुलित र पारदर्शी हुनुपर्नेमा उनको जोड छ । 

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष धामीले मिडिया र निजी क्षेत्रबीच नङ र मासुको सम्बन्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले पहिलोपटक दुई नागरिक अगुवा संस्थाबीच औपचारिक सहकार्य प्रारम्भ भएकोमा खुसी ब्यक्त गर्दै दुबैको विकास एक-अर्कामा निर्भर रहने बताए । उनले नेपालगञ्ज उद्योग बाणिज्य संघले नेतृत्व गरेका सामाजिक मुद्दाहरुमा मिडियाको दरिलो साथको अपेक्षा गर्दै मिडियाको विकास र दिगोपनका लागि आफूहरुको साथ रहने स्पष्ट पारे । अग्रज पत्रकार शरण कर्माचार्यले 'मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध' का विषयमा आधारपत्र प्रस्तुतिकरण गरेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले गरेका थिए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श बाँकेका अध्यक्ष सतिश कुमार अग्रवाल, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी वली, महासचिव भिम बहादुर रानाभाट, कोषाध्यक्ष मख्खन बहादुर धामी, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, ब्यवसायीहरु नरेन्द्र वली, चन्द्र प्रकाश तिवारी तथा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, पूर्व कोषाध्यक्ष विनोद पौडेल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय सदस्य मो. आरिफ अन्सारी, कान्तिपुर दैनिककी रुपा गहतराज, रेडियो कोहलपुरका कपिल अन्जान, अग्रज पत्रकार अछरी पोखरेल, कृष्णसार एफएमकी सावित्री गिरी लगायतले नेपाल पत्रकार महासंघ बाँके र नेपालगञ्ज उद्योग बाणिज्य संघबीच सहकार्यको प्रारम्भ भएको बताउँदै मिडिया र निजी क्षेत्रबीच विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए । अग्रज पत्रकार एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शंकर खनालले सहभागीहरुको धारणाका आधारमा प्रतिबद्धता तयार गरी वाचन गरेका थिए । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए । 

अन्तरक्रिया पश्चात ब्यक्त प्रतिबद्धताहरुः

मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि साझा प्रतिबद्धता

बाँकेका उद्योगी व्यवसायी र जिल्लामा कार्यरत पत्रकारवीच वृहत अन्तरक्रिया कार्यक्रमबाट जिल्लाको उद्योग व्यवसाय क्षेत्रको उत्थान र यहाँका मिडियाको विकास र दीगोपनका लागि तपसिल बमोजिम हातेमालो (सहकार्य) गर्ने प्रतिवद्धता जनाउँछौं ।

१. उद्योग व्यवसाय क्षेत्र र सञ्चार प्रतिष्ठान एक अर्काका परिपूरक हुन्। उद्योग र व्यवसाय राष्ट्रको आर्थिक मेरुदण्ड र सञ्चार माध्यम (मिडिया) समाज र अर्थतन्त्रको सेतु भएकाले हामी समृद्ध निजी क्षेत्रका साथै दीगो, विश्वसनीय, जवाफदेही र उत्तरदायी मिडिया वनाउन सुमधुर सम्बन्धका लागि सहकार्य गर्नेछौं ।
२. औद्योगिक प्रतिष्ठानको ब्राण्ड निर्माण, उत्पादन, सेवा प्रचार, उपभोक्ता साक्षरता, बजार विस्तार, लगानीकर्तालाई जानकारी प्रवाह गर्न, व्यवसायप्रति उपभोक्ताको विश्वास वृद्धि, नवीनतम् प्रविधि र उत्पादनको प्रचार, प्रतिस्पर्धी बजारमा पहिचान बनाउने, नीति निर्मातालाई दवाव सिर्जना गर्न मिडियाले सकारात्मक भूमिका निर्वाह गर्न सक्छ । उद्योग र व्यापार क्षेत्रले आफ्ना बस्तु, सेवा र उत्पादनहरूको प्रचार गर्न मिडियालाई विज्ञापन दिएर पूर्णरुपमा व्यवसायिक सम्बन्ध राखिनेछ ।
३. बाँकेका औद्योगिक, व्यापारिक वा पर्यटकीय क्षेत्रका साझा मुद्दा र निजी क्षेत्रका राम्रा अभ्यास, निजी क्षेत्रले भोगेका समस्या समाधानका लागि मिडिया कभरेज गरेर सहकार्य गर्नेछौं ।
४. उद्योग व्यवसाय क्षेत्र र औद्योगिक प्रतिष्ठानले मिडियालाई समयमै सही सूचना उपलब्ध नगराउँदा वा मिडिया तेस्रो स्रोतमा भर पर्दा आउने अफवाह र झुठा प्रचारले उद्योग व्यवसाय क्षेत्रलाई क्षति हुन सक्छ । त्यस्तो अवस्थामा नेपाल पत्रकार महासंघसँग तत्कालै समन्वय गरेर समस्याको समाधान गरिनेछ ।
५. सामाजिक सञ्जालको प्रयोग गर्ने र आफूलाई पत्रकार भनेर विभिन्न आश्वासन दिने अनाधिकृत नक्कली मिडिया र नक्कली सञ्चारकर्मीबाट पार्ने उद्योग व्यापार क्षेत्रमा पर्ने प्रभावबारे नेपाल पत्रकार महासंघलाई जानकारी गराएर समस्याको समाधानमा पहल गरिनेछ ।
६. निजी क्षेत्रले मिडियालाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न र उद्योगी व्यवसायी समस्या पर्दा मात्र मिडिया खोज्ने प्रवृत्तिको अन्त्य गर्दै हामी निरन्तर एक अर्काबीच सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।
नविन गिरी
अध्यक्षः नेपाल पत्रकार महासंघ
टंकबहादुर धामी
अध्यक्षः नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँके
९ साउन, २०८२

May be an image of textMay be an image of 7 people, people studying, table and daisMay be an image of 3 people, table, dais and textMay be an image of 10 people, people studying, dais and textMay be an image of 6 people and text


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
जेन-जी प्रदर्शनमा ज्यान गुमाएका नेपालगञ्जका सुलभको अन्त्येष्टि, आयुषको शनिबार अन्त्येष्टि
संविधान रक्षाको लागि नेपालगञ्जमा मौन प्रदर्शन (फोटोफिचर)
संविधान रक्षाको लागि नेपालगञ्जमा मौन प्रदर्शन (फोटोफिचर)
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तिमा श्रद्धाञ्जली अर्पण
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP