नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन प्रक्रियाप्रति नै प्रश्न !
बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन प्रक्रियाप्रति नै प्रश्न !
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ११, २०८२ बागेश्वरी पोस्ट
बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन प्रक्रियाप्रति नै प्रश्न !

नेपालगञ्ज । द्वन्दपीडितहरुले बेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन प्रक्रियाप्रति नै प्रश्न उठाएका छन् । उनीहरुले गठन प्रक्रिया नै गलत भएको, आफूहरुलाई समेट्न नखोजेको, एकोहोरो ढंगले अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगले आज नेपालगञ्जमा आयोजना गरेको 'मानव अधिकार घुम्ती शिविर' मा द्वन्दपीडितहरुले आयोगप्रति आफूहरुको विश्वास नै नरहेको बताए । पीडकलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुनेमा उनीहरुको जोड छ । द्वन्दपीडित महिला राष्ट्रिय सञ्जालका कोषाध्यक्ष चन्द्रकला उप्रेति, द्वन्दपीडितहरु रामरतन थारु, विनिता चौधरी, देबिसरा विकले न्याय पाउने आशामा बस्दाबस्दै दुई दशक वितेकोप्रति रोष प्रकट गर्दै आफ्ना भावनाहरुलाई जस्ताका तस्तै आयोगसमक्ष राखिदिन आग्रह गरे ।

May be an image of 6 people, table, dais and text

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुंगेलले पीडितको विश्वास नजितेर समस्या समाधान हुन नसक्ने भएकाले सम्बन्धित आयोगमा पीडितका कुरा जस्ताको तस्तै पुर्याउने प्रतिबद्धता जनाए । उनले न्याय पीडितमुखी हुनुपर्नेमा दुई मत नरहेको स्पष्ट पारे । राष्ट्रिय मानव अधिकार आयोग अर्का सदस्य मनोज दुवाडीले न्याय प्रक्रियामा कुनै पनि पीडित छुट्न नहुनेमा आफूहरु प्रष्ट रहेको बताए । सबै पक्षबाट पीडितमैत्री भएर न्याय निरुपण हुनुपर्ने आवाज प्रबल ढंगले मुखरित भइरहेको उनको भनाई छ । मधेशी आयोगका सदस्य विजय गुप्ताले समयमै न्याय निरुपण नहुँदा पीडितमा न्यायको अनुभूति हुन नसक्ने बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, अधिबक्ताहरु बसन्त गौतम, विकास आचार्य, विश्वजित तिवारी, अधिकारकर्मीहरु प्रभात सिंह ठकुरी, सुरेश गौतम, कृष्णमुरारी भट्टले पीडितको विश्वास जितेर मात्र संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सकिनेमा जोड दिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत खिमानन्द बस्यालले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP