prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १३, २०८२ बागेश्वरी पोस्ट
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी

नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको टिप्पणी गरेका छन् । बाँकेको खजुरामा आज आयोजित ‘सगरमाथा वृक्षारोपण महाअभियान कार्यक्रम’लाई सम्बोधन गर्दै राठौरले देशमा राजनीतिक दल, नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउँदै चारैतिर भ्रष्टाचार मौलाएको, बेथिति बढ्दै जाँदा पनि जनताले मौनता साँधेर बसेको टिप्पणी गरे । बजेट तथा कार्यक्रम छनोट गर्दा प्राथमिकताका आधारमा गरिनुपर्नेमा त्यसो नभएको उनको तर्क छ । काँग्रेस–एमालेको गठबन्धन सरकार भए पनि जनताको आवश्यकता, माग र मर्म बमोजिम काम नभएको उनले बताए ।

paribartan 1

आफू बाँके र बर्दियाको नेता भएर यस क्षेत्रको विकासका लागि संघर्ष गरिरहेको बताउँदै सासंद राठौरले बाँके क्षेत्र नम्बर–३ मा २८ वर्षपछि काँग्रेसले जितेपछि मात्र यस क्षेत्रका जनताले देखिने गरी विकास र परिर्वतनको महसुस गर्न पाएको जिकिर गरे । राठौरले बाँकेलाई स्वास्थ्यको हब बनाउने गरी आफू अघि बढेको बताए । उनले बाँकेको भेरी अस्पताल, फत्तेबाल आँखा अस्पताल र खजुराको क्यान्सर अस्पतालको स्तर उन्नति, भौतिक तथा कर्मचारी व्यवस्थापन लगायतको क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट पश्चिम नेपालका तीन प्रदेशका जनता लाभान्वित भएको बताउँदै उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४० जिल्लाका नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी बाँकेलाई स्वास्थ्यको हब बनाउन सबै राजनीतिक दल, सम्बद्ध सरोकारवालालाई समेत आह्वान गरे ।

वृक्षारोपण अघि भएको उद्घाटन समारोहमा प्रखर मिसन नेपालका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपती, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष समर बहादुर खत्री लगायतले अस्पतालले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवाका चर्चा गरेका थिए । उनीहरुले अस्पताल भौतिक संरचना, कर्मचारी तथा प्रविधिको समस्याबाट गुज्रिरहेकोले यी समस्या समाधान गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । प्रखर मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्वलन्त पौडेलले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । प्रखर मिसनका वरिष्ठ उपाध्यक्ष सुदीप पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्र्यक्रमको सञ्चालन सचिव विवेक लामिछानेले गरेका थिए ।

सो क्रममा प्रदेश सांसद सुशीला नेपाली बादी, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रखर मिसनका संस्थापक तथा पूर्व सदस्य एवम पदाधिकारी, विभिन्न राजनैतिक दलका नेता, विभिन्न वडाका जनप्रतिनिधि, क्यान्सर अस्पतालका चिकित्सक, कर्मचारी स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । प्रखर मिसन नेपाल खजुराको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालद्वारा गरिएको वृक्षारोपणमा विभिन्न बोटविरुवा रोपिएको थियो । स्वास्थ्य मन्त्रालयले साउन १५ गतेसम्म देशभरी 'सगरमाथा वृक्षारोपण महाअभियान' कार्यक्रम सञ्चालन गरेको छ । त्यही अनुरुप वृक्षारोपण गरिएको हो । 


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
नेपालले धान्न सक्ने बाघको संख्या ४ सय
नेपालले धान्न सक्ने बाघको संख्या ४ सय
आज नाग पञ्चमी
आज नाग पञ्चमी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP