prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १५, २०८२ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन बाँकेबासीले माग गरेका छन् । राजनीतिक दल, सांसद, स्थानीय सरकार, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाले प्रधानमन्त्रीको भदौ ३१ गते हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडानलाई राज्यको एजेण्डा बनाउन माग गरेका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा दबाब समिति बनाएर जिल्लाबासीलाई एकजुट गराई प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । आज नेपालगञ्जमा आयोजना गरिएको बृहत् छलफलमा एक मतका साथ यो एजेण्डालाई राज्यको एजेण्डा बनाउन दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको छ ।

paribartan 1

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित भएका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरु र सम्वद्ध सरोकारवालाहरुले नेपालगञ्जबाट दिल्ली उडान भर्न रुट इजाजतका लागि एक ढिक्का भएर दवाव दिनुपर्ने बताएका छन् । उनीहरुले त्यसका लागि आ-आफ्नो तर्फबाट पूर्ण साथको प्रतिवद्धता समेत जनाएका छन् । प्रमुख अतिथि संविधानसभा सदस्य एवम् प्रदेशसभा सदस्य बादशाह कुर्मीले नेपालगञ्ज–दिल्ली उडानले यहाँको आर्थिक तथा पर्यटकीय क्षेत्रमा ठूलो प्रभाव पार्ने भएकाले सरकारलाई दवाव दिइनुपर्ने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डमा यो मुद्दालाई समावेश गर्न सहयोगको प्रतिबद्धता जनाए । यसका लागि निरन्तर संघर्ष गरेरै अघि बढ्नुपर्ने उनको मत छ  । 

कार्यक्रममा मधेशी आयोगका सदस्य विजय गुप्ता, प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा (एमाले) बाँकेका सचिव बलराम भट्टराई, माओवादीका प्रतिनिधि प्रेम शाह, रास्वपाका अध्यक्ष हरिपाल सिंह केसी, नेकपा एस बाँकेका अध्यक्ष दीपक जिएम, रापप्रा अध्यक्ष नरेन्द्र पौडेल, जसपाका नेता अख्तर हुसेन फारुकी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्जका कार्यबहाक मेयर कमरुद्दिन राई, कोहलपुरकी कार्यबहाक मेयर संगिता सुवेदी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले नेपालगञ्ज-दिल्ली उडान आवश्यक रहेको बताउँदै यो अभियानमा संगसंगै रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु दुर्गा प्रसाद चौधरी, भण्डारीलाल अहिर, मिना श्रेष्ठ लगायतको पनि उपस्थिति थियो । 

यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ ब्यवसायी सञ्जय थापा, आनन्द प्रकाश मल्होत्रा, विनोद अग्रहरी लगायतले पनि माग पूरा नहुँदासम्म अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिँदै चुनौतिहरुको पनि लेखाजोखा गर्दै रणनीतिक हिसाबले पनि अघि बढ्नुपर्नेमा जोड दिए । नेपालगञ्ज विमानस्थल प्रमुख सुम्मत प्रसाद चौधरीले अहिलेको विमानस्थलको संरचना दिल्ली उडानका लागि पर्याप्त रहेको भन्दै अनुमति पाए अहिले उडिरहेकै क्षमताका जहाज सजिलै उडाउन सकिने बताए । निर्माणाधीन अत्याधुनिक नयाँ टर्मिनल भवन पनि त्यसै किसिमले बनेकोले भौतिक पूर्वाधार र संचरनाको समस्या नरहेको बताए । भदौभित्रै नयाँ टर्मिनल भवन सञ्चालनमा ल्याउने तयारी छ ।

नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले अध्यक्ष धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले सोही समूहको अगुवाईमा अहिले दबाब बढाउने कार्यलाई अगाडि बढाइएको बताए । दबाब समूहका अनुसार प्रधानमन्त्रीलाई भेटेर हस्तान्तरण गर्ने प्रतिवेदन तयार गर्न नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीको संयोजकत्वमा अध्ययन प्रतिवेदन निर्माण समिति पनि गठन गरिएको छ । यो समितिले १७ गतेभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे प्रतिवेदन तयार पार्ने संयोजक गिरीले बताए । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो एजेन्डालाई समावेश गराउन राज्यलाई दबाब दिनका लागि नेपालगञ्जबाट एक टोली काठमाडौं जाने बताए । उनका अनुसार टोलीले काठमाडौंमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साँसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । 

नेपालगञ्ज-दिल्ली उडान सुरु भएमा विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ । ठूलो संख्याका भारतीय बर्सेनी मानसरोबर यात्रामा जाने गर्दछन् । नेपालगञ्ज-दिल्ली हवाई उडान भएमा ती तीर्थालु नेपालगञ्ज आएर जान्छन् र यहाँको विकासमा टेवा पुग्ने देखिएको छ । भारतको राजधानीसंग सिधा हवाई सम्पर्क हुँदा यसले बहुआयामिक लाभ पुग्ने विश्वास छ । नेपालगञ्ज-दिल्ली उडानका लागि लामो समयदेखि छलफल भइरहेको छ । करीब तीन दशकदेखि यो मुद्दा उठ्दै आएको छ । 

May be an image of 9 people and daisMay be an image of 11 peopleMay be an image of 10 people and text that says 'वसमिति 오승한 सरष्टअतिचि रषट अतिचि'May be an image of 10 people, dais and text that says 'S पत्रकार'


प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
आज साउन १५ खिर खाएर मनाइँदै
आज साउन १५ खिर खाएर मनाइँदै
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP