नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि राहत
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि राहत
बागेश्वरी पोस्ट
शनिबार, साउन १७, २०८२ बागेश्वरी पोस्ट
राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि राहत

नेपालगञ्ज । राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण गरिएपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् । आपतकालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले नदी तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ ।

दुई वर्षअघि बाँकेको राप्ती नदीमा आएको ठूलो बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन, जसले गर्दा त्यस वरिपरिका करीब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए । तर, पछिल्लोपटक छोटो समयमा जनताको तटबन्ध कार्यक्रम लमही दाङले दिनरात खटिएर काम गरी कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट चार सय मिटर लामो आपतकालीन तटबन्ध निर्माण सम्पन्न गरेपछि नदीले धार परिवर्तन गरेको छ । जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकिएको बताए ।

दुई वर्षदेखि माग गर्दै आए पनि तटबन्धको माग सुनुवाई नभएको तर अहिले जनताको तटबन्ध कार्यक्रमले दुई महिना पनि नलगाई अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको छ । खल्लाझगडियामा आपतकालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ । राप्तीसोनारी वडा नम्बर ७ का स्थानीय दीपनारायण बर्माले यस बर्ष कटान रोकिने विश्वास ब्यक्त गरे । बर्खा लगत्तै स्थायी तटबन्ध निर्माण हुने भएपछि स्थानीय खुसी देखिन्छन् । स्थानीय जनप्रतिनिधिले पनि अहिलेको कामले परिणाम दिनेमा आफूहरु आशाावादी रहेको बताउँछन् । राप्तीसोनारी वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेलले निकै राम्रो काम भएको भन्दै यसले धेरै राहत दिने बताए ।

खल्ला झगडियामा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण कार्य सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडिया क्षेत्रमा चार सय मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले ६ करोड पाँच लाख रुपैयाँको लागतमा ठेक्का लिएर काम सुरु गरेको छ । सोही ठेक्का अन्तर्गत अहिलेलाई आपतकालीन तटबन्ध निर्माण गरिएको र वर्षा सकिए लगत्तै पक्की तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP