नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
बागेश्वरी पोस्ट
मंगलबार, साउन २०, २०८२ बागेश्वरी पोस्ट
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी

नेपालगन्ज । बाँकेको राप्ती र बर्दियाको बबई नदीमा जलस्तर खतराको तहमा पुगेपछि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मीलाई 'हाई एलर्ट' मा राखिएको हो । जल सतहले खतराको घण्टी बजाउन थालेपछि जोखिमयुक्त ठाउँहरुमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

भारी वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा जलस्तर खतराको तहमा पुगेकाले जनधनको क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिइसकेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाको भगवानपुर क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी गंगापुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र बहादुर भण्डारीको कमान्डमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली परिचलान गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीको कम्दी पुल आसपास इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख सई मोहन वलीको नेतृत्वमा सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । राप्ती नदीको जल सतहले खतराको संकेत दिएपछि सशस्त्र प्रहरी बल नम्बर ४२  रिजर्भ गण सम्शेरगन्जमा विपद् व्यवस्थापनसहितको टोलीलाई तयारी हालत राखिएको छ भने उक्त गणबाट राप्ती नदी किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क गराउँदै पैदल गस्ती गरिरहेको बताइएको छ ।

बर्दियामा पनि बबई आसपासका क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बर्दियामा ठूलो संख्यामा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली खटाइएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ । निरन्तर झरी परेपछि राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा छ । 


प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP