prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २१, २०८२ बागेश्वरी पोस्ट
कमिट नेपालमा नयाँ कार्यसमिति चयन, सितरा नेपाली अध्यक्ष

नेपालगञ्ज । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेको १८औं साधारण सभा तथा ९औं अधिवेशन “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तिकरण तथा रुपान्तरणका लागि सामुदायिक अभियान’’ भन्ने मूल नाराका साथ आज सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सत्रको सभा अध्यक्षता संस्थाका अध्यक्ष प्रकाश नेपाली (बादी) ले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौर थिए । 

त्यसैगरी विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनाल, सुशिला बादी र अतिथिहरुमा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गै.स.स. केन्द्रीय सचिव नमस्कार शाह तथा विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कमिट नेपालका कार्यसमितिका पदाधिकारीहरु एवम् बादी अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाको महासचिव सितरा नेपालीले गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राठौरले शिक्षा नै समुदाय रुपान्तरणको मुख्य साधन भएको बताउँदै बादी समुदायका बालबालिकाको शिक्षाका लागि कमिटले निर्वाह गरिरहेको भूमिका उल्लेखनीय रहेको बताए । अन्य बक्ताहरुले पनि कमिट नेपालले सामाजिक रुपान्तरणमा खेलिरहेको भूमिकाको सराहना गरेका थिए । 

May be an image of 8 people, dais and text

साधारणसभामा आर्थिक बर्ष २०८१/०८२ को आर्थिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो । जस अन्तर्गत २०८१/०८२ को आय-ब्यय १ करोड ६४ लाख ८६ हजार ९ सय ३८ रुपैयाँको अनुमोदन र आ.व. २०८२/०८३ को अनुमानित कार्यक्रम तथा बजेट रकम रु. २ करोड ६८ लाख ९० हजार सर्वसम्मतरुपमा पारित गरिएको कमिट नेपालका संस्थापक तथा कार्यकारी निर्देशक केशव नेपालीले बताए । उनले बादी समुदायको भावी योजना तथा दिगो लक्ष्य हासिल गर्नका निम्ति संस्था सदैव कटिबद्ध रहेको बताए । साथै सामुदायको रुपान्तरणका लागि सशक्तरुपमा अघि बढ्ने नेपालीको भनाई छ ।

त्यसैगरी कार्यक्रमको सभाध्यक्षता गरेका संस्थाका अध्यक्ष प्रकाश नेपाली (बादी) ले बादी समुदायको हकहितका निम्ति सामुदायिक अभियानबाट नै समुदायलाई सशक्त बनाई स्थानीय तह, प्रदेश र संघ हुँदै राष्ट्रिय तहसम्म सरकारी सेवा सुबिधाका लागि वकालत तथा पैरवी गर्ने बताए । भावी दिनमा अन्य जिल्लामा कमिट नेपालका कार्यक्रमलाई लैजाने प्रतिबद्धता पनि उनले ब्यक्त गरे । 

साथै आ.व. २०८२/०८३ सम्मका लागि उक्त सभाले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सितरा नेपालीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा पुनम नेपाली उपाध्यक्ष, शान्ता नेपाली कोषाध्यक्ष, प्रकाश बादी, महासचिव, प्रकाश नेपाली सचिव छन् । यस्तै सदस्यहरुमा रेनु नेपाली, धन्नु बादी, कुसुम बैगार र शोभाराम महाउत छन् ।

May be an image of 5 people, people studying, people smiling, dais and hospital            


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP