नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • छानविन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइएको मिश्रको जिकिर
छानविन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइएको मिश्रको जिकिर
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २६, २०८२ बागेश्वरी पोस्ट
छानविन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइएको मिश्रको जिकिर

नेपालगञ्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफूमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् ।बैंकमा हिनामिना भएको आंशका लागेपछि आफू लगायत डा. ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल राष्ट्र बैंकमा त्यसको छानबिनका लागि निवेदन समेत दिएको भन्दै नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका मिश्रले उल्टै छानबिनको निवेदन दिनेमाथि नै मुद्दा चलाएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘बैंकमा कहीँ न कहीँ घोटाला भएको छ, शंका मानेर म लगायत डा. ओम प्रकाश मिश्रले प्रहरी, प्रशासन र राष्ट्र बैंकमा अनुसन्धानका लागि निवेदन दियौं । उक्त निवेदनमाथि अनुसन्धान र छानविन नै नगरी निवेदकमाथि नै मुद्दा चलाउनुले चित्त बुझेको छैन ।’ आफूले आन्तरिक छानबिनमार्फत १ सय ३३ करोड घोटाला भएको थाहा पाएपछि आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा लिखित जानकारी गराएको भन्दै पूर्व अध्यक्ष मिश्रले उक्त निवेदनलाई गहिराईपूर्वक नलिएर राष्ट्र बैंकले केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) मार्फत अनुसन्धान गराई निर्दोषमाथि मुद्दा चलाउनुले चित्त दुःखेको बताए ।

बैंक सञ्चालक समितिलाई नीतिगत निर्णय गर्ने अधिकार मात्र रहेको भन्दै उनले कर्जा प्रवाहका लागि बैंकका कर्मचारीले रीतपूर्वक पेश गरेको कागजातलाई दृष्टिगत गर्दै ऋण लगानी गर्ने निर्णय समितिले गर्दै आएको दाबी गरे । मिश्रले भने, ‘सञ्चालक समितिलाई नीतिगत निर्णय गर्ने अधिकार मात्र हुन्छ । त्यसको कार्यान्वयन गर्ने अधिकार सिइओ र अन्य कर्मचारीलाई हुन्छ । सम्बन्धित निकायले आफूमाथि झुठो मुद्दा लगाएर फसाउन खोजेको छ ।’ बैंक घोटाला प्रकरणमा आफ्नो र डा. मिश्रको रत्तिभर पनि संलग्नता नरहेको जिकिर गर्दै उनले आफू निर्दोष रहेको दाबी गरे ।


प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP