नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २९, २०८२ बागेश्वरी पोस्ट
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग

नेपालगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचविखन तथा ओसारपसारको पछिल्लो अवस्था चित्रण गर्न देशब्यापी 'केन्द्रिकृत समूह छलफल' थालेको छ । मानव बेचविखन तथा ओसारपसारको पछिल्लो अवस्थालाई राष्ट्रिय प्रतिवेदनमार्फत सार्वजनिक गर्नका लागि सूचना, तथ्यांक तथा सुझाब संकलनका लागि देशब्यापी 'केन्द्रिकृत समूह छलफल' थालेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । 

कोशी र मधेश प्रदेशमा पेशागतरुपमा विभिन्न सरोकारवाला सरकारी, गैरसरकारी तथा नागरिक समाजसंग अन्तरक्रिया, छलफल गर्दै सुझाब संकलन गरिसकेको आयोगले लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्जमा पनि 'केन्द्रिकृत समूह छलफल' गरेको आयोगका सहसचिव नवराज सापकोटाले बताए । यस विषयमा आज नेपालगञ्जमा छलफल गरिएको छ ।

सीमावर्ती क्षेत्र नेपालगञ्जमा मानव बेचविखन तथा ओसारपसारको जोखिम उच्च रहेकोले यहाँका सरोकारवालासंग अन्तरक्रिया गरेर राष्ट्रिय प्रतिवेदनका लागि पृष्ठपोषण संकलन गरिएको सापकोटाले जानकारी दिए । कार्यक्रममा बेचविखन विरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधि, अधिबक्ता, अधिकारकर्मी, पत्रकार लगायतले जिल्लाको अवस्था, मानव बेचविखन नियन्त्रणमा देखिएका चुनौती, अपनाउनुपर्ने रणनीति, विद्यमान त्रुटीहरु लगायतका विषयमा धारणा ब्यक्त गर्दै सुझाब समेत दिएका छन् । पछिल्लो अन्तर्राष्ट्रिय प्रतिबेदन अनुसार नेपालमा मानव बेचविखन र ओसारपसारको अवस्था भयाबह छ । 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले मानव बेचविखनको स्वरुप र आयाम नयाँ ढंगले विकसित भइरहेकोले त्यसलाई लक्षित गरी अबको रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याइन् । नयाँ विकसित आयामहरुलाई बुझ्न सक्नुपर्नेमा उनको जोड छ । कार्यक्रममा प्रा. डा. गोविन्द सुवेदीले मानव बेखविखनको पछिल्लो अवस्था, केन्द्रिकृत समूह छलफल का लागि तय भएको विषयबस्तुबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, इन्सेकका लुम्बिनी संयोजक भोला महत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, माइती नेपालका नेपालगञ्ज प्रमुख केशव कोइराला, शक्ति समूहकी निर्मला पौडेल, साथीकी सरस्वती शर्मा पराजुली, फातिम फाउण्डेशनकी मैमुना सिद्दिकी, शान्ति पुनः स्थापना गृहकी सम्झना चँदारा, अधिबक्ताहरु बसन्त गौतम, सुरेश गौतम, अधिकारकर्मीहरु कमला पन्त, शोभा विसी, विनोद थापा, पत्रकारहरु रुपा गहतराज, सावित्री गिरी लगायतले छलफलमा भाग लिएका थिए । 


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP