नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ५, २०८२ बागेश्वरी पोस्ट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ८७.२६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०८१/८२ मा सम्पर्क कार्यालय नेपालगञ्जले कुल ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट गरेको जनाएको छ । कार्यालय प्रमुख शम्भु प्रसाद रेग्मीका अनुसार जिम्मेवारी सरेको उजुरीको संख्या ११५ छ । उनले नेपालगञ्ज देशभरका अन्य सात कार्यालय मध्ये सबैभन्दा धेरै उजुरी फर्छ्यौट गर्ने कार्यालय रहेको जानकारी समेत दिए । 

बाँके, बर्दिया, दाङ र रोल्पा गरी चार जिल्ला कार्य क्षेत्र रहेको अख्तियार नेपालगञ्ज कार्यालयमा गत वर्ष दाङका ३५६, बाँकेको ३११, बर्दिया १४४ र रोल्पाको ९२ उजुरी थिए । ती मध्ये अधिकांश स्थानीय तहका छन् । 'तथ्यांकगत रुपमा हेर्ने हो भने स्थानीय तहमा विकास निर्माण र शिक्षा सम्बन्धि उजुरी धेरै छन्,' रेग्मीले भने । बाँके जिल्लामा गत आर्थिक बर्ष २०८१/८२ मा जिम्मेवारी सरेर आएका १० सहित सबैभन्दा बढी ३४ वटा उजुरी कोहलपुर नगरपालिकाको परेको थियो ।

यस्तै नेपालगञ्जको २९, डुडुवा २८ र नरैनापुर गाउँपालिकाको २३ उजुरी परेका थिए । राप्तीसोनारी गाउँपालिकाका १८, जानकी गाउँपालिकाका ८, बैजनाथ गाउँपालिकाका ६ र खजुरा गाउँपालिकाका ७ वटा उजुरी परेका छन् । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दा पनि स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरी धेरै परेको रेग्मीले बताए । उनले सार्वजनिक खरिद ऐनलाई पूर्णरुपमा पालना गरेर काम गर्न आग्रह गरे ।

नेपालगञ्जमा आज आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रेग्मीले सार्वजनिक पदमा बसेका व्यक्तिहरुलाई भ्रष्टाचारबारे अवगत गराउन र कस्ता निकायमा बढी भ्रष्टाचार भइरहेको छ भन्ने बारेमा समेत जानकारी गराउन सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा समन्वयमा सम्पन्न कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रबद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुको नियत सफा र आचरण शुद्ध हुनुपर्नेमा जोड दिए । 

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सुशासनलाई मूल मन्त्र मानेर कार्य सम्पादन गरे भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने बताए । कार्यक्रम अख्तियार नेपालगञ्ज कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, विभिन्न शाखा प्रमुख, अधिकृत, वडा सचिव, उपमहानगरपालिकास्थित क्याम्पसका प्रमुख, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

May be an image of 5 people

May be an image of daisMay be an image of 1 person, dais and text


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP