नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार
जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार
banijya office RSG-2
मानव बेचबिखन रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड
बागेश्वरी पोस्ट
मंगलबार, भदौ १७, २०८२ बागेश्वरी पोस्ट
जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनाको नेपालगञ्ज नाकाबाट उद्दार

नेपालगञ्ज । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका ५१२ जनालाई नेपालगञ्ज नाकाबाट उद्दार गरेको छ । माइती नेपाल नेपालगञ्जले आज नेपालगञ्जमा आयोजना गरेको आर्थिक बर्ष २०८१/८२ मा गरेका गतिविधिहरुको सामाजिक परीक्षण कार्यक्रममा संयोजक केशब कोइरालाले पछिल्लो एक बर्षको तथ्यांक प्रस्तुत गरेका हुन् । माइती नेपाल नेपालगञ्जले भारतबाट १४ जनाको उद्दार गरेको जनाएको छ । यो वर्ष ८ सय १७ वटा खोजतलासको निवेदन परेको छ । त्यसमध्ये ४ सय ३७ जना फेला परेका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मानव बेचबिखन रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । मानव बेचबिखन संगठित अपराध भएकाले यसलाई रोक्न सरकारी तथा गैरसरकारी संघ संस्थाको हातेमालो आवश्यक रहेकोमा उनीहरुको जोड छ । जिल्ला समन्वय समितिका उपसंयोजक सीता कार्की, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातली, नेपालगञ्ज उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी, महिला विकास अधिकृत आशा शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अधिकारकर्मी कमला पन्त लगायतले सामाजिक सञ्जालको दुरुपयोगले मानव बेचबिखनको जोखिम बढाएको बताउँदै यसलाई रोक्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका थिए । 

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकालाई नाकामै रोकेर अभिभावकको जिम्मा लगाउने गर्दछ । उसले विभिन्न दिवसहरुमा नाकामा जनचेतनामूलक पर्चा, पम्प्लेट बाँड्ने, सडक नाटक देखाउने, अन्तरदेशीय कार्यशाला गर्ने गर्दछ । माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले खोजतलास तथा उद्दारका लागि धेरै निवेदन आउने र भारत तथा तेस्रो मुलुकबाट उद्दार गर्नुपर्ने हुँदा त्यहाँ सरकारी संयन्त्र नहुँदा उद्दारमा समस्या हुने गरेको बताए । उनले भारतबाट त्यहाँको संघ संस्थाको सहयोग लिएर उद्दार गर्ने गरेको जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP